म टिमका लागि भन्दा पनि संस्थाको लागि चुनाव लड्न लागेको हो: सुनील साह

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष सुनील शाहले आफू कुनै पनि टिमको उम्मेदवार नहुने बताएका छन्।
समाज टाइम्स संवादको सोमवारको श्रृखलामा बोल्दै शाहले टिम भन्दा पनि संस्थाको लागि चुनाव लड्ने प्रस्टाए।
साहले आइसीसीको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। आइसीसीको निर्वाचन अक्टोबरमा हुदै छ।
उनलाई डा. बद्री केसी टिमको उपाध्यक्ष भनेर प्रचार गरिएको छ। कतिपयले अध्यक्षका अर्का उम्मेदवार महेश श्रेष्ठ समूहको भनेका छन्।
‘कसले के भन्छ, महेश जीको टिम भन्छ, की बद्री जीको भन्छ मेरो एजेन्डालाई मन पराएर कामलाई मन पराएर उहाँहरूले राख्नु हुन्छ भने त्यसमा त खुसी हुनै पर्छ। म टिमको लागि होइन संस्थाको लागि उपाध्यक्ष लड्न लागेको हो।’ साहले भने, ‘संस्थामा लिडरसिपका लागि लड्दै गरेका साथीहरूले होइन संस्थामा सुनीलजी चाहिन्छ भन्नु मेरो लागि खुसीको कुरा पनि हो। कुनै आपत्ति छैन सबै अध्यक्षहरूले भन्न सक्नु हुन्छ ।”
उनले कोषाध्यक्षमा दोहोर्याउने कुरा पनि सत्य नभएको बताए। कसले के भन्छ त्यो भन्ने कुरा हो तर निर्णय मेरो हो यस पटक म मेरो निर्णयबाट तलमाथि हुन्न।
साहले आइसीसी डेलिगेटका बारेमा पुनर्विचार गर्नु बताएका छन्। त्यो कसरी गर्ने त्यसबारेमा व्यापक छलफल हुनु पर्ने उनको धारणा छ।
समाज टाइम्स संवादको पुरा भिडियो