दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

काठमाडौँ । म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित भएको छ ।
खेलको ८५ औँ मिनेटमा नेपालले काउन्टर अट्याकमा गोल खाँदै पराजय बेहोरेको हो ।
म्यानमारका लागि विन न्याङ तुङले ८६ औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल बनेको हो ।
नेपालका खेलाडीले म्यानमारको गोल अफसाइड भएको माग गरेका थिए । सोही क्रममा नेपालका कप्तान किरण कुमार लिम्बुले पहेँलो कार्ड पनि पाए ।
पहिलो खेल शुक्रवार गोलरहित बराबरीमै टुङ्गिएको थियो । पहिलो खेलमा अञ्जन विष्टले पेनाल्टीमा गोल गर्न चुक्दा नेपाल बराबरीमा रोकिएको थियो ।
नेपाल फिफा वरीयतामा १७५ औँ स्थानमा छ भने म्यानमार १५ स्थान माथि १६० औँ स्थानमा उक्लिएको छ ।