निक्की हेली उठिन भने बाइडनलाई समस्या पर्न सक्छ !
न्युयोर्क । अमेरिकामा अर्को वर्ष राष्ट्रपति पदका लागि निर्वाचन हुँदै छ । चुनावका लागि अहिले राजनीतिक दलहरु आन्तरिक तयारीमा रहेका छन् । डेमोक्रेटिक पार्टीबाट वर्तमान राष्ट्रपति जो बाइडेन चुनाव लड्ने पक्का जस्तै छ भने अहिले विपक्षी रिपब्लिकनमा उम्मेदवारको रस्साकस्सी तीव्र बनेको छ ।
रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प, विवेक रामास्वामी, निक्की हेली, रोन डिसेन्टिस, माइक पेन्सलगायत धेरै उम्मेदवारहरू राष्ट्रपतिको दौडमा छन्। अहिले रिपब्लिकन पार्टीको उम्मेदवारको दौडमा ट्रम्प अग्रस्थानमा रहेको देखिन्छ । तर, भर्खरै गरिएको सर्वेक्षणले एउटा अचम्मको कुरा खुलासा गरेको छ । वास्तवमा, यो सर्वेक्षणले देखाएको छ कि यदि निक्की हेलीलाई रिपब्लिकन पार्टीले राष्ट्रपति पदको उम्मेदवार घोषणा गरेमा उनले वर्तमान राष्ट्रपति जो बाइडेनलाई पराजित गर्नेछिन्।
CNN/SSRS ले पोलको नतिजा सार्वजनिक गरेको छ। यी नतिजा अनुसार राष्ट्रपति पदका लागि जो बाइडेन र निक्की हेलीबीच प्रतिस्पर्धा भयो भने निक्की हेलीले बाइडेनलाई पछि पार्नेछिन् । सर्वेक्षण अनुसार निक्की हेलीले ४९ प्रतिशत मत पाएका छिन् भने बाइडेनले ४३ प्रतिशत मात्रै पाएका छन् । जहाँ ट्रम्प र बाइडेनबीचको प्रत्यक्ष भिडन्तमा दुबैबिच कडा प्रतिस्पर्धा देखिने पोलले जनाएको छ । ट्रम्पले ४७ प्रतिशत मत पाएका छन् भने बाइडेनले ४६ प्रतिशत मत पाएका छन् । टिम स्कट र माइक पेन्स दुवैले बाइडेनको विपक्षमा ४६ प्रतिशत र बाइडेनले ४४ प्रतिशत मत पाएका छन् ।
न्यु जर्सीका गभर्नर तथा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार क्रिस क्रिस्टीले ४४ प्रतिशत र बाइडेनले ४२ प्रतिशत मत प्राप्त गरेका छन् । विवेक रामास्वामी लगातार हेडलाइन बनिरहेका छन्। तर, यो पोलमा उनी बाइडेनभन्दा पछि परेको देखिन्छ । सर्वेक्षण अनुसार बाइडेनले ४६ प्रतिशत र रामास्वामीले ४५ प्रतिशत मत पाएका छन् ।
निक्की हेली रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रेसमा रहेकी एक मात्र महिला हुन् । निक्की हेली उदार मतदातामाझ निकै लोकप्रिय छिन् । गत महिना रिपब्लिकन पार्टीको पहिलो बहसपछि पनि निक्की हेलीको लोकप्रियता बढेको छ । हेली ट्रम्पभन्दा धेरै पछाडि भए पनि चुनाव आउन अझै लामो समय बाँकी छ ।