कोसीमा गठबन्धनको सरकार ढल्यो, एमालेका हिक्मत कार्कीलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्ति गर्न अदालतको परमादेश जारी

काठमाडौँ/ सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै उनी पदमुक्त हुने आदेश दिएको छ । थापा नेपाली कांग्रेसका हुन्। उनी गठबन्धनको तर्फबाट मुख्य मन्त्री भएका थिए।
थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएको अदालतको ठहर छ। यो सँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।
न्यायाधीशहरू सपना प्रधान मल्ल,डा. कुमार चुँडाल र नहकुल सुवेदीको बिहीवार को पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठुलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।
सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको छ ।