नायिका गौरी मल्लको ‘धिन ताका नाका धिन’ सार्वजनिक
काठमाडौँ । नायिका गौरी मल्लको ‘धिन ताका नाका धिन’ नामक तीज गीत सार्वजनिक सार्वजनिक भएको छ ।
काठमाडौँमा एक विशेष कार्यक्रमका बिच नायिका मल्लकै स्वर शब्द र सङ्गीतमा रहेको सो तीज गीत सार्वजनिक गरिएको हो ।
नायिका मल्ल, मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड रहेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । सो म्युजिक भिडियो नायिका मल्लकै, गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको हो ।
सो म्युजिक भिडियोको निर्देशन भने सन्तोष राजबहाकले गरेका हुन् । एल्बम सार्वजनिक कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, वसुन्धरा भुसाललगायतका सिने क्षेत्रका चर्चित कलाकार उपस्थित थिए । उनीहरूले गीतको सफलताको कामना व्यक्त गरेका छन् ।