‘महरालाई जोगाउने प्रयास’
काठमाडौं । अहिले माओवादीका नेताहरुको मुखमा झुण्डीएको शब्द नै हो, ‘सार्वजनिक भएका काण्डहरुको छानविन गरेर दोषीलाई कारबाही गर्छौ ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले मुलुकको कार्यकारी प्रधानमन्त्री पदमा छन् । उनकै पार्टीका उपाध्यक्ष नारायण काजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्रीको पदमा छन् ।
सरकार सञ्चालनका लागि प्रधानमन्त्री र गृहमन्त्री पद आफैमो ठूलो जिम्मेवारी पूर्ण र संवेदनशील पद पनि हो । त्यसैले त त्यो पद लिनका लागि नेपालका राजनीतिक दलहरुले मरिहत्ते गर्दै पनि आएका छन् । पद यतिसम्म शक्तिशाली हुन्छ भन्ने कुरा नेपालको राजनीतिक प्रणाली हेरे पुग्छ । कहिले कुनै त कहिले कुनै गठबन्धन गरेर जसरी पनि पद र सत्ताको वरिपरी रमाउनेहरुको कमी छैन यहाँ ।
गत पुस १० मा नयाँ सरकार बनेपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने । संसदमा कमजोर उपस्थिति भए पनि प्रचण्डले सुरुमा एमाले र अहिले कांग्रेसलाई मनाएर उक्त पदमा अडिन सफल भएका छन् ।
अनि यस विचमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा घोटाला काण्ड, त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी काण्ड बाहिर आएका छन् । नक्कली भुटानी शरणार्थी काण्डले नेपाली कांग्रेसलाई तर्साएर बसेका प्रचण्डले अहिले एमालेलाई तर्साउनका लागि गिरिबन्धु टी स्टेट काण्डको कुरा गर्ने गरेका छन् । अनि सुन प्रकरणमा माओवादीकै नेताहरु परे पछि अनुसन्धानको पाटो र बाटो मोडिएको अवस्था पनि रहेको छ । सुन प्रकरणमा माओवादी केन्द्रकै नेता कृष्णबहादुर महरा र उनको छोराको नाम पोलिएको थियो ।
छोरा राहुल महरालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान अगाडि बढाए पनि पार्टीकै प्रभावशाली नेता मानिएका कृष्णबहादुर महरालाई भने अहिलेसम्म सामान्य सोधपुछ पनि भएको छ । यही प्रकरणमा अर्का प्रभावशाली नेता वार्षमान पुनको नाम सुरुमा चर्चा गरिए पनि उनको विषय अहिले ओझेलमै परिसकेको छ ।
वर्तमान सत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको जनाइएको थियो । सहमति अनुसार पहिलो २ वर्ष प्रचण्डले नेतृत्व गर्ने र त्यसपछि माधव नेपाल र शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भए पनि अहिले प्रचण्डले विभिन्न काण्डको कुरा निकालेर आफूनै ५ वर्ष नै प्रधानमन्त्री बन्ने रणनीतिमा लागेको बुझ्न सकिन्छ । यसको छनक प्रचण्डले पटक पटक दिइपनि सकेका छन् । शनिबारमात्रै पार्टीको रुपान्तरण अभियान उद्घाटन पछि चन्द्रागिरीमा पुगेका उनले आफू कति दिन वा कति महिना प्रधानमन्त्री बन्छु त्यो थाहाँ नभएको बताउँदै घुमाउरो पाराले ५ वर्ष नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको पनि बताए ।
उक्त कार्यक्रममा पनि कुनै काण्डमा मुछिएका जो कोहीलाई नछाड्ने बताएका प्रचण्डले अनि कृष्ण बहादर महरा इ सिगरेटको नाउँमा ९ किलो सुन तस्करीमा संलग्न भएको आरोप लाग्दा पनि किन छानविन नगरेको भन्दै राजनीतिकवृत्तमा चर्चा चलेको छ । साथ साथै त्यो प्रकरणमा महरालाई माओवादीले फर्गन एस्टर डे भन्दै माफी त दिने होइन, भन्ने चर्चा पनि छ ।