चन्द्रयानको सफलतापछि भारतद्वारा सूर्यतर्फ आदित्य एल–१ नामक यान प्रक्षेपण
काठमाडौँ । भारतले, चन्द्रयान ३ सफलतासँगै सूर्य अवलोकन मिसनको सुरुवात गरेको छ। चन्द्रमाको दक्षिणी पोलमा चन्द्रयान ३ सकुशल अवतरण गराएर इतिहास कायम गरेको केही दिनमै भारतले सूर्यको अवलोकन अभियान शुभारम्भ गरेको हो ।
भारतले स्थानीय समय अनुसार आज बिहान ११ बजेर ५० मिनेटको समयमा आदित्य एल वन, सूर्यको अवलोकनका लागि प्रक्षेपण गरेको हो । आन्ध्र प्रदेशको श्रीहरिकोटको प्रक्षेपण प्याडबाट सूर्यको अध्ययनको लागि यान पठाइएको हो ।
सो यानले अबको चार महिनामा सूर्य ९ लाख ३२ हजार माइल यात्रा पुरा गर्ने भारतीय स्पेस एजेन्सीलाई उदृतगर्दै बीबीसीले जनाएको छ । भारतले हिन्दु धर्ममा देवता मानिने सूर्य मिसनका लागि अर्को भाषामा आदित्य भनिने सुर्ययान नै त्यसतर्फ पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यानले पृथ्वीको गतिमा सूर्यको परिक्रमा गर्ने बताइएको छ । आदित्य एल–१ सूर्यको लागि भारतको पहिलो मिसन हो । धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन् ।