चलचित्र ‘गणपति’ अमेरिकाको हलमा पनि (सो टाइम्स सहित)
पेन्सिल्भेनिया,अमेरिका/ नेपाली कथानक चलचित्र अमेरिकाको विभिन्न राज्यका हलहरूमा एकै साथ शुक्रवारबाट प्रदर्शनमा आएको छ।
नेपालमा बिहीबार रिलिज भएको चलचित्र गणपति अमेरिकामा शुक्रवार बाट पूर्वमा न्यु योर्कदेखि पश्चिममा हवाईसम्म एकै साथ रिलिज भएको हो।
नेपाल ११ इन्टरटेनमेन्टले अमेरिकामा गणपतिको प्रदर्शनको अधिकार पाएको हो। ‘सीमित रिलिजको साथ गणपति यस हप्ता ५० सोहरू सहित १० थिएटरहरूमा प्रदर्शन गर्न तयार छ। यो चलचित्रले
नेपालमा निकै सकारात्मक समीक्षा बटुलेको छ र वर्ड अफ माउथका साथ दर्शकको मन जित्ने अपेक्षा गरीएकोछ।’ नेपाल ११ इन्टरटेनमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
चलचित्र गणपति टेक्ससका डालास, युलेस र रिचर्डसन गरी तीन सहरमा प्रदर्शन हुने छ। क्यालिफोर्नियामा साक्रामेन्टो र सान्तारोजा तथा न्यु योर्कमा म्यानह्याटन नजिकै, भर्जिनियाको फेयर फ्याक्स, ओहायोको सेलेभल्याण्ड र नर्थ क्यारोलाइना ग्रीन्सबोरोमा रिलिज हुँदै छ ।
नेपालमा वर्षाको मौसमका कारण नेपाली चलचित्रको डेड सिजन सकिएपछि अब नेपाल ११ इन्टरटेनमेन्टले अमेरिकाको स्क्रिनमा गणपति देखि नयाँ चलचित्र ल्याउने वितरण कम्पनीले जनाएको छ।
क्यालिफोर्नियाको सानफ्रान्सिस्को स्थित फ्रेमन्ट र सिकागोमा अर्को हप्ता यसको सो खोल्ने जनाइएको छ।
पछिल्लो समय नेपाली भाषी जनसङ्ख्या बढ्दै गए पछि हवाईको होनोलुलु नेपाली चलचित्रको नयाँ बजार बन्दै गएको छ। होनोलुलुमा पनि चलचित्र गणपति प्रदर्शन हुँदै छ ।
सबै शोटाइमहरू आधिकारिक वितरकको वेबसाइट www.nepal11.com बाट जानकारी लिन सकिने विज्ञप्तिमा उल्लेख छ।
अमेरिकामा सबै सोहरूको लागि अनलाइन टिकट उपलब्ध गरिएको छ।
गणपतिले मानिस र भगवान् बिचको भिन्नता देखाउन खोजेको छ, जहाँ एक व्यक्तिले आफूलाई मानव बनाउन सङ्घर्ष गर्दछ। यो सामाजिक पारिवारिक नाटक हो जसमा हास्य, प्रेम, भावना र अन्य विभिन्न
सामाजिक विषय र समस्याहरू समावेश छन्।
सविन अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्य माला खनाल, स्व. जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ र अंशु मानन्धरको अभिनय छ ।
रोनाल्ड श्रेष्ठ क्रिएटिभहेड रहेको फिल्मको प्रस्तुत कर्ता रामप्रसाद र निर्माता लक्ष्मण रिजाल हुन्।कार्यकारी निर्माता विज्ञान केसी, अरविन्द गिरी र सह निर्मातामा बनिश शाह छन्। फिल्मलाई हरिबहादुर घलेले खिचेका हुन्।
चलचित्रलाई अमेरिकामा नेपाल ११ इन्टरटेनमेन्टलेवि तरण गरेको छ भने ७ सिज इन्टरटेन्मेन्टको अन्तर्राष्ट्रिय अधिकार रहेको छ ।