अमेरिकी सकरको टिकट मूल्य एनएफएलको भन्दा ५९ प्रतिशत महँगो !
पेन्सिलभेनिया, अमेरिका / हो, जुलाई २१, २०२३ का दिन लियोलेन मेसीले मेक्सिकन टिम क्रुन अजुल सँग लिग कप को खेलमा डेब्यु गर्नु पूर्व अमेरिकन सकर र सकर लिगको चर्चा खासै हुँदैनथ्यो ।
पुरुष फुटबलमा अमेरिकी राष्ट्रिय टोलीको प्रदर्शन औसत रहदै आएको छ । महिला राष्ट्रिय सकर टिम भने महिला विश्वकपको चार पटकको च्याम्पियन हो ।
तथापि आम अमेरिकी माझ विश्वभर लोकप्रिय खेल फुटबल सकर नामले चिन्निछ । पहिलो पुस्ताका आप्रवासी बाहेक कमै अमेरिकनले सकर लाई फुटबल भनेर चिन्दछन् । फुटबल भनेर अमेरिकन फुटबल चिन्दछन् ।
नेसनल फुटबल लिग (एनएफएल) अमेरिकन माझ निकै लोक प्रिय छ । तर पछिल्लो तिन साता यता यो माहौल फेरिने दृश्यहरू देखिन थालेको छ । अमेरिकन सकर ले निकै चर्चा पाएको छ । कारण हो, सर्वकालिन महान फुटबलर मध्येका एक लियोनेल मेसी । उनी साउथ फ्लोरिडाको मेजर लिग सकर क्लब इन्टर मायामी सँग अनुबन्ध भए यता अमेरिकी सकरको चर्चा विश्वभर छ ।
निकै खराब फर्म बाट गुज्रिएको इन्टर मायामी मेसीको आगमन सँग उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । मेसीको डेब्यु खेल यता इन्टर मायामी सबै खेलमा विजयी हुँदै आएको छ ।
यस सँगै अमेरिकनहरु पनि सकर खेल हेर्न रङ्गशाला सम्म पुगेका छन् । इन्दर मायामीको होम म्याचको टिकट दर औसतमा ३१ अमेरिकन डलर रहँदै आएको मेसीको आगमन पश्चात् दुई ८२ डलर पुगेको छ ।
टिकट पूर्ण रुपमा बिक्री भएका छन् । त्यसो त, गत हप्ता एफ.सी. ड्यालस सँगको अबे म्याचको टिकट बिक्री खुलेको १० मिनेट मै सबै टिकट बिक्री भएको समाचार आए । भोली अगस्ट १५ गते फिलाडेल्फीयामा हुने खेलको टिकट बिक्री खुलेको ८ मिनेटमा सबै बिक्री भएको समाचार आएका छन् ।
त्यसो त अबे म्याचको टिकट औसत मूल्य करिब १५ अमेरिकी डलर रहँदै आएको अहिले ४०० डलर माथि पर्दछ । वाल स्ट्रिट जर्नलको अनुसार अहिले मेसीको अबे म्याचको टिकट एनएफएल म्याचको औसत टिकट भन्दा ५९ प्रतिशतले बढी छ ।
दर्शकहरू मेसीको खेल हेर्ने अवसर भनेको जीवन कालकै एक महत्त्वपूर्ण अवसरको हो भन्दै खेल मैदान सम्म पुगेका छन् । के आगामी दिनमा पनि मेसीको क्रेज यस्तै रहला? मेजर लिग सकर (एमएलएस) ले यस्तै दर्शकको साथ पाउला? मेसीको आगमन सँगै विश्वका चर्चित खेलाडीको रोजाई एमएलएस बन्ला? अमेरिकी दर्शकहरु पनि अव अमेरिकन फुटबल लाई वेलायतीहरुले जस्तै सप्ताहान्तको उत्सवको रूपमा स्वीर्कालान?
मेसीको आगमनको सार्थकता र अमेरिकी सकरको भविष्य यी र यस्ता सवालहरूको उत्तरले भविष्यमा बताउने छ । अहिले भने अमेरिकी सकरमा मेसी को जादु मैदानमा जति अद्भुत छ, त्यो भन्दा कयौँ गुणा बढी अमेरिकी समर्थक ले देखाएका छन् ।
फोटो एमएलएसको फेसबुक पेजबाट