हाम्रो समुहबाट उम्मेदवारमा सहमति भएको छैन : डा. केशव पौडेल
पेन्सिलभेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को ११ औं महाधिवेशनका लागि नेपाली कांग्रेस निकट समूहबाट अध्यक्षको टुंगो अझैं नलागेको एनआरएनए आइसीसीका महासचिव डा.केशव पौडेलले जनाएका छन्।
आफ्नो समुहमा हालका उपाध्यक्ष महेश श्रेष्ठ र आफु मध्ये को अध्यक्षको उमेदवार हुने भन्ने अन्तिम टुङ्गो अझै नलागको पौडेलले बताए। एनआरएनए आइसीसीको चुनाव अक्टोबरमा हुदै छ।
हाल नेपालमा रहेका पौडेलले समाज टाइम्ससँगको टेलिफोन कुराकानीमा अहिले सम्म कुनै पनि सहमति नभएको बताए ।
सहमतिको प्रयास भइरहेको कुरा साँचो भएको पुष्टि गर्दै अहिले नै फलानो उम्मेदवार भन्ने विषय फाइनल नभएको भन्दै हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् ।
यस्ता समाचार सहमति भाड्नका लागि आएको उनले दावी गरे । अहिलेको अवस्थामा केही व्यक्तिहरु प्रजातान्त्रिक शक्तिहरुलाई फुटाउनका लागि चालिएको कदमको रुपमा आफूले लिएको पनि पौडेलले बताए ।
सत्तारुढ गठबन्धनबाट एनआरएनएमा को बन्ला त उम्मेदवार?