बढ्यो सुनको मुल्य
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य बढेको छ ।
जसअनुसार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको छ भने छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। उक्त दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउमा पनि वृद्धि भएको छ ।
आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ ।