आदिपुरुषको विवाद परराष्ट्रमा, आवश्यक परेर बजेट संशोधन हुन्छ : मन्त्री शर्मा
काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को विवादले अन्योल सिर्जना भएको भन्दै यसबारे कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आग्रह गरेको छ ।
बुधबार सिंहदरवारमा मन्त्रिपरिषदको निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले फिल्ममा भएको विवाद बारे सञ्चार मन्त्रालयले परराष्ट्रलाई पत्राचार गरिसकेको बताइन ।
उनले भनिन ‘ सेन्सर बोर्डले निर्माण भएका निर्माण गर्नु भन्दा अगाडि भारतीय नेपालीसबै चलचित्रहरु सेन्सर गर्छ र त्यस्मा कुनै आपत्तिजनक अथवा सेन्सर बोर्डको नियम विपरित भयो भने त्यसलाई हामी संशोधन गरेरमात्र प्रदर्शनको अनुमति दिन्छौं । र यसै बीच जेठ ३१ मा यो आदिपुरुष भन्ने फिल्म छ, त्यस्मा भएको सीताको पात्रमा भएको भारतीय छोरी भन्ने आशयको भावनामा व्यक्त भएको छ। त्यसलाई हटाउने भनेर सेन्सर बोर्डले त्यही वेला नै निणर्य गरेको हो । चलचित्रको मुलभावबाटै हटाउनु पर्छ, भारतमा पनि चल्न दिनु हुँदैन् भन्ने कुरा हाम्रो सरकारी निकाय अन्तर्गत सबै कुटनीतिक सम्बन्ध कायम गर्न त्यो हाम्रो मन्त्रालयले होइन, परराष्ट्र मन्त्रालय हो र परराष्ट्रमा हामीले यस विषयमा पत्राचार गरेका पनि छौं । ’
मन्त्री शर्माले बजेट संशोधन हुन भनेका बजेट असफल हुनु भन्ने परम्परागत बुझाई हो यसलाई फेरौं भन्ने प्रधानमन्त्रीको चाहना हो भन्दै आवश्यकता परेको खण्डमा बजेट संशोधन पनि हुने बताइन् ।
उनले भनिन ‘ बजेटको विषय यस्तो हुन्छ पहिले पनि भएको हो । पहिले एउटै पार्टी नेकपा हुँदा पनि अर्थमन्त्रीले संसदमा बजेट पेश गर्दा संसदमा कसरी प्रस्तृत भएका थियौं एउटै पार्टी भित्रका सांसद हामी सबैलाई थाहा छ । बजेट संशोधन हुनु भनेकै बजेट असफल हुनु हो भन्ने परम्परागत बुझाई हो यस प्रणालीलाई बदलौं फेरौं भनेर प्रधानमन्त्रीले भन्नु भएको छ । कमा फुलिस्टप पनि परिवर्तन हुँदैन भन्ने जुन कुराहरु छ त्यसले के अर्थ दिन्छ भने संसदमा छलफलको कुनै अर्थ छैन भावनाको अर्थ छैन भन्ने सन्देश गएको छ । आवश्यक पर्यो भने बजेट संशोधन पनि गर्न सक्छौं । ’