एनआरएनए ग्रीस गठन
ग्रीस / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) ग्रीसमा तदर्थ समिति गठन भएको छ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष सुनिल साहको उपस्थितिमा सोमवार ग्रीसमा रहेका नेपालीहरुको भेलाले कृष्ण पोखरेलको अध्यक्षतामा एनआरएनए एनसीसी तदर्थ समिति गठन भएको हो।
यो सँगै एनआरएनए ८४ औं देशमा विस्तार भएको छ।
पोखरेलको अध्यक्षतामा गठित १५ सदस्यीय समितिमा दुई उपाध्यक्ष रहेका छन्।
सन्तोष प्रसाद आचार्य र टीकाराम खड्काथोकीलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ। सचिवमा अर्जुन केसी, सह सचिवमा अनिल गुरुङ र कोषाध्यक्ष साजन राई रहेका छन्।
सदस्यहरुमा श्रृजना श्रेष्ठ,पञ्चु गुरुङ, ध्रुव गुरुङ, मक्का महिना तिरुवा,श्रृजना दाहाल आचार्य ,राजेश कान्त ओझा, लाक्पा लामा टिटुङ्ग, रवीन्द्र मरासिनी र राजु न्यौपाने रहेका छन्।
तदर्थ समितिका पदाधिकारीलाई आइसीसी कोषाध्यक्ष साहले पद तथा गोपनियताको सपथ गराएका थिए।
सो अवसरमा कोषाध्यक्ष साहले ग्रीसमा छरिएर रहेका नेपालीलाई एकसुत्रमा बाँध्ने कदमको सुरुवात गरेको बताए। उनले एनआरएनए ग्रीसले सम्पूर्ण एनआरएनए राष्ट्रिय समन्वय परिषद सँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्न कार्यसमितिलाई सल्लाह पनि दिए।













