दूग्ध विकास बोर्ड खारेज गर्ने सरकारको निर्णयको विरोधमा उत्रिए व्यवसायीहरु
काठमाडौं । राष्ट्रिय दूग्ध विकास बोर्ड खारेज गर्ने सरकारको निणर्यमा सरोकारवाला निकायहरुले विरोध जनाएका छन् ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डेरी उद्योगसँग सरोकार राख्ने संघ÷संस्थाहरु नेपाल डेरी साइन्स एशोसिएसन, नेपाल डेरी एशोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, केन्द्रीय पशुपंक्षी तथा मत्स्य विकास सहकारी संघ, नेपाल एनिमल साइन्स एशोसिएसन लगायतका निकायहरुले सरकारको ध्यानाकार्षण गराएका हुन् ।
नेपाल डेरी साइन्स एशोसिएसनका अध्यक्ष टेकबहादुर थापाले देशको कूल राष्ट्रिय आयमा ठूलो योगदान पु¥याइरहेको डेरी उद्योगको नियमक निकाय खारेजी हुनु दुःखद् रहेको गुनासो व्यक्त गरे । सरकारको यस निर्णयले डेरी क्षेत्रलाई थप जोखिमतर्फ धकेलेको उनको भनाई छ ।
उनले भने,‘राष्ट्रिय दुग्ध विकास बोर्ड जसले यो देशमा दुग्ध उद्योगको नीति बनाउँछ । त्यो बोर्ड खारेजीमा परेको छ । डेरी सेक्टरले राष्ट्रिय आयआर्जनमा ठूलो योगदान पुर्याएको छ । डेरी सेक्टरले पु¥याएको योगदान नौ प्रतिशत छ । सयमा नौ प्रतिशत योगदान पुर्याउने भनेको यो एकदमै महत्वपूर्ण क्षेत्र हो । अहिलेको सरकारको निर्णयले यो क्षेत्र एकदमै जोखिममा परेको छ,।’
सरकारले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गरेमा नीजि क्षेत्र डामाडोल हुने टिप्पणी गरे ।
सरकारले दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णयबाट पछि हटेर बोर्डमा उचित बजेटको व्यवस्था गर्न उनको माग छ ।