तलव भत्ता नै खुवाउन सकेन भन्ने कुरा झुटो हो : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले विद्युतीय सवारी साधान प्रयोगमा निरुत्साहन गर्ने नीति लिएको भन्ने आरोपको खण्डन गरेका छन् ।
मंगलबार अर्थमन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा उनले विद्युतीय सवारीमा कर बढाइएको भन्ने विषयमा सत्यता नभएको बताए । उनले भने ‘विद्युतीय सवारीलाई प्रमोट गर्ने नै हाम्रो उदेश्य हो । तपाईहरुले भनिरहनु भएको छ, विद्युतीय सवारी साधनमा कर बढाईयो निरुत्साहीत गराईयो भन्ने कुरा झुटो हो । त्यसमा कुनै सत्यता छैन् ।’
पेट्रोलियम सवारीको आयातको तुलनामा विद्युतीय सवारी साधानको प्रयोगलाई सहज बनाउन सरकार गम्भिर रहेको उनको तर्क छ ।
‘हामीले पेट्रोलियम प्रडक्टमा आधारित आयात निर्यात छ । बसदेखि लिएर व्यक्तिगत गाडीहरुमा ३ सय सम्मको कर छ । तुलनात्मक रुपमा यो धेरै सस्तो छ । यो प्रमोट हुँदै जान्छ ।’
यस्तै महतले, संसदीय क्षेत्र विकास कार्यक्रमको पाँच करोड सांसदले सिधै खर्च गर्न नपाउने बताएका छन् ।
अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सासद विकास कोषको विषयलाई लिएर आलोचना भएपछि, त्यसबारे प्रष्टिकरण दिएका हुन् । उनले भने ‘सांसद विकास कोष सांसद विकासको कुरामा, पहिलो कुरा यो सांसद विकास कोष होईन् । यो संसदीय क्षेत्र विकास कार्यक्रम हो । तपाईहरुले जुन पहलाको हिसावले हेरिरहनु भएको छ सिधैं सांसदले पाउने, सांसदले आफू खुसि खर्च गर्ने त्यो मोडेलमा यो छैन् । बजेट वक्तव्यमा सबै कुरा आउँदैन् गर्नु पनि उपयुक्त हुँदैन् ।’
उनले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा केही न केही विकाशका कार्यक्रम पुगोस भनेर यसको व्यवस्था गरिएको बताए । ‘ १६५ निर्वाचन क्षेत्र छ । अनि हाम्रो बजेटमा के हुन्छ भने विदेशी सहयोगको निश्चित ठाँउमा खर्च हुन्छ । अरु कार्यक्रमको खर्च निश्चीत हुन्छ । अरु ठाउँमा छुटिरहेको हुन्छ । १६५ ठाउँमै केही न केही पुगोस भन्ने लक्ष्य सहित संसदीय विकास कार्यक्रम राखेको हो ।’ उनले भने ।
उनले सांसदको सिफारिसमा खर्च गर्ने गरी यसको व्यवस्था गरिएको बताए । ‘यो राख्दा सांसदहरुको भुमिका सिफारिस गर्ने मात्र हुन्छ । त्यहाँबाट जनताबाट चुनेर आएका सांसदहरु सिफारिस पनि गर्नु हुँदैन् ? सिफरिस गर्नु अपराभ जस्तो हो भनेर पनि हेर्नु भएन् । जनताले चुनेर पाठाएका ,हामीले के भनेका छौं भने ५ करोडमा १ करोड भन्दा कम्तीको आयोजना हुनुहुँदैन् । त्यसैले उहाँहरुको भुमिका सिफरिस गर्ने मात्र हो । त्यस बाहेकका काम सम्बन्धीत मन्त्रालयले गर्छ ।’
महतले, बजेट व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको प्रष्टिकरण दिएका छन् ।
मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा, सांसदहरुले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरेको भन्दै रातो कितावमा भएका पनि कतिपय विषय वक्तव्यमा छुटेको बताए ।
उनले भने ‘कतिपय मान्यहरु हाम्रो त आउँदै आएन आयोजना भन्नु भएको छ । हामीले जानी जानी हैन रातो कितावमा आएको छ । छुटेको छ । तर परेको छ । गमगढि नाम्चे लालमा सडक त्यसमा ५० करोड राखिएको छ । ती मध्ये धेरै बजेटहरु बजेट वक्तव्यमा नाम लिन सकिएको छैन् । त्यो म पछि राख्ने छु ।’
उनले यो बजेटले आउने दिनमा आर्थिक वृद्धिको लक्ष्य पुरा गर्ने दाबी गरे ।
‘यो बजेटले आउने दिनमा अर्थिक वृद्धिको हाम्रो लक्ष्यलाई पुरा गर्छ । पुर्वधार विकासमा जोड दिएका छौं । पुँजीको सिमीतता अझैपनि चुनौतीपुर्ण छ । पर्यटनको क्षेत्रमा ठुलो सम्भावना छ । आफै हामीले पुर्वधार विकास गर्न जरुरी छ।’
महतले, सरकारले तलव भक्ता खुवाउन सकेन भन्ने कुरामा सत्यता नभएको जिकिर गरेका छन् ।
मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार तलव भक्ता खुवाउने दायित्वबाट पछि नहट्ने बताए । उनले भने ‘ तलव नै छैन भन्ने उडन्ते कुराको पछाडि तपाईहरु त लाग्नु भएन नी । कम्तिमा तपाईहरुले त यो कुरा बुझ्नु प¥यो नी ।’
सामाजिक सुरक्षाको सवालमा सरकारले गरेको प्रयासलाई लिएर उठेका प्रश्नमा उनले गर्दा पनि नहुने नगर्दा पनि आलोचना गर्ने प्रवृति अन्त्य गर्न आग्रह गरे ।
उनले भने ‘मितव्यीताको कुरामा पहल गरेन भने पनि पहलै गरेन । पहल गरे पनि यतिले के चाहीँ हुन्छ र भन्नु भएन् । जे कुरा प्रस्तावित गरेका छौं कमसेकम सुरुवात त गरेका छौं । राम्रो गर्यो भन्दीनुस । मैले भनिसके सामाजीक सुरक्षा, भत्ता, साधारण खर्च भए पनि त्यो निरन्तर हुनेछ । तलव भत्ता त्यो दिनै पर्ने कुरा हो नदिने कुरा भएन् ।’
अनावश्यक खर्च कटौतिका लागि सरकार गम्भिर रुपमा प्रस्तुत हुने उनको भनाई छ । ‘त्यो भन्दा बाहेक हामीले बचाउने भनेको अनावश्यक खर्च कही भईरहको छ चने त्यसलाई रोक्ने कुरा हामीले गरिरहेका छौं । तपाईहरुले नै निरुत्साहीत गरेपछि सुधार हुँदैननी ।
त्यसैले सेकेण्ड जेनेरेशनको सुधारको कुरा पनि त्यही हो ।’ उनले भने ‘नाम नै लिनुपर्ने आवश्यकता छैन् । मुल कुरा हामी के गर्दैछौं भन्ने हो त्यसलाई के नाम दिने हो तपाईहरुले दिनोस । यो सब के हो भने हामीले समग्र अर्थतन्त्रलाई चलायमान गर्नु हो । त्यस्तै सेयर बजारलाई कानुनी व्यवस्था अनुसार अतिरिक्त छुट दिइएको उनको दाबी छ ।
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले विद्युतीय सवारी साधान प्रयोगमा निरुत्साहन गर्ने नीति लिएको भन्ने आरोपको खण्डन गरेका छन् ।
मंगलबार अर्थमन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा उनले विद्युतीय सवारीमा कर बढाइएको भन्ने विषयमा सत्यता नभएको बताए । उनले भने ‘विद्युतीय सवारीलाई प्रमोट गर्ने नै हाम्रो उदेश्य हो । तपाईहरुले भनिरहनु भएको छ,विद्युतीय सवारी साधनमा कर बढाईयो निरुत्साहीत गराईयो भन्ने कुरा झुटो हो । त्यसमा कुनै सत्यता छैन् ।’
पेट्रोलियम सवारीको आयातको तुलनामा विद्युतीय सवारी साधानको प्रयोगलाई सहज बनाउन सरकार गम्भिर रहेको उनको तर्क छ ।
‘हामीले पेट्रोलियम प्रडक्टमा आधारित आयात निर्यात छ । बसदेखि लिएर व्यक्तिगत गाडीहरुमा ३ सय सम्मको कर छ । तुलनात्मक रुपमा यो धेरै सस्तो छ । यो प्रमोट हुँदै जान्छ ।’
यस्तै महतले, संसदीय क्षेत्र विकास कार्यक्रमको पाँच करोड सांसदले सिधै खर्च गर्न नपाउने बताएका छन् ।
अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सासद विकास कोषको विषयलाई लिएर आलोचना भएपछि, त्यसबारे प्रष्टिकरण दिएका हुन् । उनले भने ‘सांसद विकास कोष सांसद विकासको कुरामा, पहिलो कुरा यो सांसद विकास कोष होईन् । यो संसदीय क्षेत्र विकास कार्यक्रम हो । तपाईहरुले जुन पहलाको हिसावले हेरिरहनु भएको छ सिधैं सांसदले पाउने, सांसदले आफू खुसि खर्च गर्ने त्यो मोडेलमा यो छैन् । बजेट वक्तव्यमा सबै कुरा आउँदैन् गर्नु पनि उपयुक्त हुँदैन् ।’
उनले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा केही न केही विकाशका कार्यक्रम पुगोस भनेर यसको व्यवस्था गरिएको बताए । ‘ १६५ निर्वाचन क्षेत्र छ । अनि हाम्रो बजेटमा के हुन्छ भने विदेशी सहयोगको निश्चित ठाँउमा खर्च हुन्छ । अरु कार्यक्रमको खर्च निश्चीत हुन्छ । अरु ठाउँमा छुटिरहेको हुन्छ । १६५ ठाउँमै केही न केही पुगोस भन्ने लक्ष्य सहित संसदीय विकास कार्यक्रम राखेको हो ।’ उनले भने ।
उनले सांसदको सिफारिसमा खर्च गर्ने गरी यसको व्यवस्था गरिएको बताए । ‘यो राख्दा सांसदहरुको भुमिका सिफारिस गर्ने मात्र हुन्छ । त्यहाँबाट जनताबाट चुनेर आएका सांसदहरु सिफारिस पनि गर्नु हुँदैन् ? सिफरिस गर्नु अपराभ जस्तो हो भनेर पनि हेर्नु भएन् । जनताले चुनेर पाठाएका ,हामीले के भनेका छौं भने ५ करोडमा १ करोड भन्दा कम्तीको आयोजना हुनुहुँदैन् । त्यसैले उहाँहरुको भुमिका सिफरिस गर्ने मात्र हो । त्यस बाहेकका काम सम्बन्धीत मन्त्रालयले गर्छ ।’
महतले,बजेट व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको प्रष्टिकरण दिएका छन् ।
मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा,सांसदहरुले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरेको भन्दै रातो कितावमा भएका पनि कतिपय विषय वक्तव्यमा छुटेको बताए ।
उनले भने ‘कतिपय मान्यहरु हाम्रो त आउँदै आएन आयोजना भन्नु भएको छ । हामीले जानी जानी हैन रातो कितावमा आएको छ । छुटेको छ । तर परेको छ । गमगढि नाम्चे लालमा सडक त्यसमा ५० करोड राखिएको छ । ती मध्ये धेरै बजेटहरु बजेट वक्तव्यमा नाम लिन सकिएको छैन् । त्यो म पछि राख्ने छु ।’
उनले यो बजेटले आउने दिनमा आर्थिक वृद्धिको लक्ष्य पुरा गर्ने दाबी गरे ।
‘यो बजेटले आउने दिनमा अर्थिक वृद्धिको हाम्रो लक्ष्यलाई पुरा गर्छ । पुर्वधार विकासमा जोड दिएका छौं । पुँजीको सिमीतता अझैपनि चुनौतीपुर्ण छ । पर्यटनको क्षेत्रमा ठुलो सम्भावना छ । आफै हामीले पुर्वधार विकास गर्न जरुरी छ।’
महतले, सरकारले तलव भक्ता खुवाउन सकेन भन्ने कुरामा सत्यता नभएको जिकिर गरेका छन् ।मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार तलव भक्ता खुवाउने दायित्वबाट पछि नहट्ने बताए । उनले भने ‘ तलव नै छैन भन्ने उडन्ते कुराको पछाडि तपाईहरु त लाग्नु भएन नी । कम्तिमा तपाईहरुले त यो कुरा बुझ्नु प¥यो नी ।’सामाजिक सुरक्षाको सवालमा सरकारले गरेको प्रयासलाई लिएर उठेका प्रश्नमा उनले गर्दा पनि नहुने नगर्दा पनि आलोचना गर्ने प्रवृति अन्त्य गर्न आग्रह गरे ।