मधेशी एशोशिएशन अफ अमेरिकामा नयाँ नेतृत्व, डा.संगीत रौनियार बने अध्यक्ष

फिलाडेल्फिया, अमेरिका / मधेशी एशोशिएशन अफ अमेरिका(मा)ले नयाँ नेतृत्व पाएको छ। अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा आइतवार सम्पन्न अधिवेशनले डा. संगीत रौनियारको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।
२९ सदस्यीय मा को कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मनोज सिंह र महासचिवमा श्रीमती शाही साह निर्विरोध भएका छन्। आठ जना उपाध्यक्ष रहेको कार्यसिमतिको कार्यकाल दुई वर्षको हुने छ।
अध्यक्षमा निर्विरोध डा. रौनियार संस्थापन महासचिव तथा निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन्। हाल अमेरिकाको टेक्सास निवासी डा. रौनियार पेशाले स्टक्चर इन्जिनियर हुन्।
नेपालमा सप्तरी पत्तेपुरका डा. रौनियार एक दशक भन्दा बढी समय देखि अमेरिकामा छन्। नेपालमा पुल्चोक इन्जिनयरिङ्गबाट ब्याचलर गरेका रौनियारले मास्टर्स र पीएचडी अमेरिकाको युनिभर्सिटी अफ टेक्सास आलेन्टनबाट गरेका हुन्।

डा. रौनियारले नयाँ पुस्ताका लागि भाषा र संस्कृतिको क्षेत्रमा आफ्नो कार्यसमितिले काम गर्ने मुल्य लक्ष्य बनाएको बताए ।
‘नयाँ पुस्तामा भाषा र सांस्कृतिको प्रवर्द्धन गर्ने’ मुख्य काम हुने छ, अध्यक्षमा निर्वाचित भए पछस समाज टाइम्स सँग डा. रौनियारले भने,’युवा पुस्तामा नेतृत्व विकास गर्ने कार्यक्रम पहिला पनि थियो, त्यसलाई सबैले मन पराएका छन् हामी निरन्तरता दिन्छौ।’
नवनिर्वाचित अध्यक्ष डा. रौनियारले च्याप्टर विस्तारमा पनि आफुहरुले विषेश पहल गर्ने बताए। मा मा अहिले १५ च्याप्टर छन्। सन् २०१७ को जनवरीमा स्थापना भएको संस्थाको अधिवेशन पारिवारिक वातावरणमा बौद्धिक व्यक्तित्वको उपस्थितिमा हुँदै आएको छ।
अध्यक्ष डा. रौनियारका अनुसार माँमा अहिले नौ सय भन्दा बढी सदस्य छन्। फिलाडेल्फियामा भएको अधिवेशनमा तीन सय भन्दा बढीले सहभागिता जनाएका थिए।

यस अघि आइतवार बिहान अमेरिकाको न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासमा कार्यवाहक महावाणिज्य दूत बिष्णु प्रसाद गौतमले अधिवेशनको उद्घाटन गरेका थिए।
उद्धाटन समारोहमा नेपालीमूलका पहिलो अमेरिकन डेलिगेड डा. ह्यारि भण्डारी, गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसीका) कोषाध्यक्ष तथा एनआरएनए अमेरिका निवर्तमान अध्यक्ष तथा मा का संस्थापक अध्यक्ष सुनिल शाह लगायतले शुभ कामना दिएका थिए।



माँका तत्कालिन अध्यक्ष सत्यन्द्र साहको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा नाटक प्रस्तुत गरिएको थियो।
उद्घाटन पछि मधेशी समुदायको सुदृढीकरण र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य सहित विभिन्न फोरमहरुमा छलफल भएको थियो।



मधेश एशोशिएशन अफ अमेरिकाको केन्द्रीय समिति – २०२३-२०२५
अध्यक्ष- डा. संगीत रौनियार
वरिष्ठ उपाध्यक्ष – श्री मनोज सिंह
उपाध्यक्ष – दिनेश शाह
उपाध्यक्ष- डा शोभा मण्डल
उपाध्यक्ष- धर्मेन्द्र झा
उपाध्यक्ष- श्री चेतनारायण यादव
उपाध्यक्ष- नवीन शाह
उपाध्यक्ष- जय शाह
उपाध्यक्ष- प्रमोद गुप्ता
उपाध्यक्ष- सुरज नायक
महासचिव-श्रीमती शाही साह
सचिव- प्रकाश भाइ मधेशिया
खजाना- श्री मोहम्मद रफीद
संयुक्त कोष – प्रमोद रे
प्रवक्ताः सुभाष बैठा
मिडिया संयोजक – सञ्जय वर्मा
सहायक मिडिया संयोजक : उपेन्द्र साह
महिला संयोजक: श्रीमती पिंकी यादव
सदस्यहरू:
१. दिपेन्द्र के भगत
२. मनोरमा साह
३. शम्भु यादव
४. रामेश्वर चौधरी
५. सन्तोष यादव
६. अजय यादव
७. मुकेश यादव
८. प्रमोद साह
९. विनोद शाह
१०. पूर्णिमा जयसवाल
११. रोशन नायक