अमेरिकामा जुन जुलाईमा नेपाली सांगीतिक यात्रा
पेन्सिलभेनिया, अमेरिका/ यस पटकको समरमा अमेरिकामा नेपाली सांगीतिक यात्रा हुने भएको छ। ई पिक इन्टरटेनमेन्टले जुन जुलाईमा अमेरिकाका विभिन्न राज्यमा सांगीतिक यात्रा गर्न लागेको हो।
यात्रामा महानायक राजेश हमाल, चर्चित गायक सुगम पोखरेल,प्रसिद्ध कलाकार तक्मे बुढा विल्सन बि राई र कार्यक्रम प्रस्तोता तथा कलाकार आसिफ शाहको सहभागिता रहने छ। ‘म्युजिक टुर -युएसए’ नाम दिएको यात्रामा उनीहरुले विभिन्न शहरमा पुगेर पस्तुति दिने छन्।
‘जुन देखि शुरु भएर अगस्त सम्म कार्यक्रम हुन्छ।’ ई पिकका अभिजित राईले समाज टाइम्स सँग भने। ‘कुन शहरमा कुन दिन कार्यक्रम आयोजना गर्ने भन्नेमा हामी छलफलमा छौ।’
राईका अनुसार न्यूयोर्क,डालास, भर्जिनिया र पेन्सिलभेनियाको ह्यारिसबर्गमा यात्राको मिति तय भएको छ।’पुरा तालिका हामी केही दिनमा सार्वनिक गर्छौ तर यी चार शहरमा यात्राको मिति तय भएको छ।’उनले भने।
राईका अनुसार नेपालबाट कलाकार ल्याउने जिम्मवारी मिम नेपालको रहेको छ। अमेरिकामा व्यवस्थापनको जिम्मा ई पिक इन्टरटेनमेन्टको रहने छ।
मिम नेपालको प्रस्तुति रहने उक्त कार्यक्रम अमेरिकाको लागि ई-पिक इन्टरटेनमेन्टले अमेरिकाका विभिन्न राज्यहरुमा यात्रा गराउने जिम्मेवार लिएको छ ।
अमेरिकाको विभिन्न राज्यमा टुर आयोजना गर्न इच्छुकले आफुहरुलाई (अभिजित राईको 703 678 3317 अथवा मनोज सापकोटाको 571 577 3965)सम्पर्क गर्न राईले आग्रह गरेका छन्।
यसै बीच न्युयोर्कका लागि बुद्ध ट्याक्स आयोजक हुने भएको छ।’न्युयोर्कका लागि बुद्ध ट्याक्स आयोजक हो, थप विवरण हामी सार्वजनिक गर्छौ।’ बुद्ध ट्याक्सका सिइयो पशुपति श्रेष्ठले समाज टाइम्स सँग भने।













