जिम्बावेमा हुने विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा
काठमाडौं । जिम्बावेमा आगामी महिना आयोजना हुने विश्वकप छनोटका लागि नेपालले २२ सदस्यीय प्रारम्भिक टीमको घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १८ देखि १९ जुलाई सम्म हुने छनोट प्रतियोगितामा सहभागि हुने खेलाडिको प्रारम्भिक छनोट लिष्ट सार्वजनिक गरेको हो ।
छनोट खेलमा नेपालसहित १० टीमको सहभागिता रहने छ । गत चैतमा सम्पन्न लिग २ शृङ्खलाको शीर्ष तीनमा अटाउँदै नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाएको हो ।
विश्वकप छनोट अघि नेपालले दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्ने छ । र त्याहाको प्रशिक्षण पछि नेपाली टिम स्वदेश फिर्ता नभई सिधै जिम्बावे जानेछ ।