सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेश हुने
काठमाडौं । सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ ।
आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो । ।
पुष्पकमल दाहाल प्रचण्डले सरकारले सो नीति तथा कार्यक्रम ल्याउने भएकाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई संसदको तयारी गर्नका लागि यसअघि नै अनुरोध गरेका छन ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते शुक्रबार आज ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने ससद सचिवालयले जनाएकाे छ ।
भ्रष्टचारीलाई कारबाही गर्ने प्रमुख अजेन्डा समावेश गरेर सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।