अमेरिकामा हुने यूनिक ब्वाइज च्यालेञ्ज कप फुटबलको खेल तालिका सार्वजनिक

ह्यारिसबर्ग,पेन्सिलभेनिया / यूनिक ब्वाइज क्लब र एशियन रिफ्युजी युनाइटेडको संयुक्त आयोजनामा हुने दोस्रो च्यालेञ्ज कप फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ।
प्रतियोगिता मे २६ देखि २८ तारिक सम्म ह्यारिसबर्गको स्काईलाइन खेलकुद परिसर (600–660 Riverside Dr Harrisburg, PA 17101 United States) हुने छ।
एशियन रिफ्युजी युनाइटेडको युथ सेन्टर हलमा शनिवार आयोजित कार्यक्रमा खेल तालिका सार्वजनिक गरिएको हो।

सहभागि टिमको नाम एक बक्समा राखि पालो पालो चिठ्ठा थुतेर खेल तालिका सार्वनिक गरिएको हो।

दोस्रो पटक हुन लागेको प्रतियोगितामा आयोजकबाट दुई सहित १९ टिम सहभागि छन्। खेलको समय पुन जानकारी गराइने आयोजकले जनाएका छन्।
युनिक ब्वाइजका व्यवस्थापक हरि खनालका अनुसार प्रतियोगिताको पहिलो संरकरणको विजेता टेक्सास एफसी भने यस पटक सहभागि नहुने भएको छ।
प्रतियोगिताको विजेताले दश हजार अमेरिकी डलर नगद सहित ट्रफी र प्रमाण पत्र पाउने छन्। यस्तै उपविजेताले ६ हजार डलर ट्रफी र प्रमाणपत्र पाउने छन्।

खेल तालिका सार्वजनिक गर्न आयोजित कार्यक्रममा व्यवस्थापनको तर्फबाट अध्यक्षता गर्दै अमल थुलुङले सबैको सहयोगमा प्रतियोगिता सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरे। उनले यो प्रतियोगिता समुदायलाई जोड्ने माध्यम बनेको धारणा राखे।
आफुहरुले फुटबल खेल्दा अभावमा गुज्रिएको स्मरण गर्दै थुलुङले अब त्यस्तो अवस्था नरहेको धारणा राखे। ‘जब हामी फुटबल खेल्थौ एकदमै अभावबाट गुज्रिएका थियौ, म इलिमन्टरी स्कूल देखि नै खेल्ने गर्दथे, खुट्टा पनि भाचियो, मेरो ३० वर्षको अनुभवमा त्यो आर्थिक र प्राविधिक रुपमा पनि गाह्रो थियो ।’ थुलुङले भने, ‘अहिले हाम्रो भाइबहिनिहरुमा देखिएको उर्जा, प्रविधिलाई समायोजन गर्ने हो भने हामी गर्न सक्छौ।’

थलुङले अमेरिकामा रहेको नेपालीभाषी समुदायले एकेडेमी क्षेत्रमा राम्रो गरिरहेको भए पनि खेलकुद क्षेत्रमा आन्तरिक रुपमा मात्र गतिविधि भइरहेको धारणा राखे।
‘एकेडेमी क्षेत्रमा हाम्रो समुदायका भाइबहिनीहरुले राम्रो गरिरहेका छन खेलकुद जगतमा देखिने गरि योगदान रहेको छैन आन्तरिक रुपमा आफ्नो समुदाय भित्र मात्र खेलिरहेका छौ।’ उनले भने, ‘एउटा देशलाई उत्कृष्ठ खेलाडी उत्पाद गर्नु फलामको चिउरा चपाउनु जस्तै हो। हामी हाम्रो कम्युनिटिबाट त्यस्तो खलाको जनशक्ति उत्पान गर्न सक्यौ भने एउटा मात्र खेलाडी ल्याउन सक्यौ भने राम्रो हुने छ।’
कार्यक्रम संचालक पर्शु अधिकारीले समुदायबाट बाहिर निस्कन नै आफुहरुले च्यालेञ्ज कपको अवधारणा ल्याएको बताए।
युनिक ब्वाइजका प्रशिक्षक कृष्ण मगरले झापाको शरणार्थी शिविरमा नै जन्मिएको युनिक ब्वाइजले अमेरिकामा पनि निरन्तरता पाएको बताए। उनले पूर्व खेलाडीको स्मृतिमा प्रतियोता खेलाइएको बताए। ‘विषेश गरि यो कार्यक्रम गर्नु हाम्रो अर्जुन सुब्बा भाइ पूर्व गोररक्षक उहाँको स्मृतिमा प्रतियोगिता खेलाउन गहिरहेका छौ ।’

एशियन रिफ्युजी युनाइटेडका अध्यक्ष रविन गुरुङ सहभागि टिम र खेलाडीलाई सफलताको शुभ कामना दिए।
भुटनीज कमिटी अफ ह्यारिसबर्गका अध्यक्ष तिलक निरौलाले १९ टिम ह्यारिसबर्गमा भेला हुनुको अर्थ आफुहरुको कम्युनिटि बढ्नु भएको बताउदै आफ्नो तर्फबाट प्रतियोगिताका लागि सबै सहयोग गर्ने प्रतिवद्धता जनाए।
खेल तालिका सार्वजनिक कार्यक्रमको भिडियोका लागि यहाँ क्लिक गर्नु होला