ट्रान्सअमेरिकन ल्यानक्यास्टर डोजोमा बेल्टग्रेडिङ्ग
ल्यानक्यास्टर,पेन्सिलभेनिया / ट्रान्सअमेरिकन एशोशिएशन अफ सितोरियो कराते (टीएसके) पेन्सिलभेनिया ल्यानक्यास्टर डोजोमा शनिवार बेल्टग्रेडिङ्ग सम्पन्न भएको छ।
नेपाली करातेका संस्थापक थानेश्वर (टीएस) राईको सुपरीवेक्षणमा टीएएसके ल्यानक्यास्टरले टीएएसकेले बेल्ट ग्रेडिङ्ग गरेको हो। टीएस राई पछिल्लो समय टीएएसकेको टेक्निकल डाइरेक्टरको रुपमा कार्यरत छन्।
बेल्टग्रेडिङ्गमा ट्रान्सअमेरिकन एशोशिएशन अफ सितोरियो करातेका संस्थापक एवं मुख्य प्रशिक्षक टीआर राईको पनि उपस्थिति रहेको थियो। राईहरु दुबै जना पेन्सिलभेनियाकै पिट्सबर्गबाट ल्यानक्यास्टर आएका थिए।
यस्तै ओहायो निवासी प्रशिक्षक यदु कुमारले बेल ग्रेडिङ्गमा सहभागि भएका थिए। तीन जना प्रशिक्षकले खेलाडीहरुको परिक्षण पछि, आवश्यक स्थानमा सुधार सहित बेल्ट र प्रमाण पत्र प्रदान गरेका थिए।
टीएसके ल्यानक्यास्टरका प्रशिक्षक तिलाचन धिमालका अनुसार शनिवार २० जना बेलग्रेडिङ्गमा सहभागि थिए। धिमालका अनुसार ६ जना पर्पल, एक जना ब्ल्यु, चार जना ओरेञ्ज र नौ जना एलो बेल्टमा पदोन्नती भएका छन्।
ट्रान्सअमेरिकन एशोशिएशन अफ सितोरियो कराते (टीएसके) पेन्सिलभेनिया ल्यानक्यास्टर डोजो पेन्सिल्भेनिया राज्यमा दर्ता भएको गैर नाफामुखी संस्था हो।
प्रशिक्षकद्वय तिलाचन धिमाल र नारायण धिमालले ल्यानक्यास्टरमा इन्ट्रा-नेश्नल होम केयर एलएलसी र इन्ट्रा नेश्नल वयलफेयर तथा सपोर्ट फाउण्डेशन अफ अमेरिकाको हलमा कराते प्रशिक्षण दिदै आएका छन्।
‘हामी गैरनाफामुलक संस्था दर्ता गरेर कराते सिकाउदै आएका छौ, त्यसकारण हामीले न्यून शुल्क लिएका छौ।’ समाज टाइम्स सँगको कुराकानीमा प्रशिक्षक तिलाचन धिमाले भने,’ हामीलाई इन्ट्रा फाउण्डेशनका सिइओ डिल्ली अधिकारी र सिएफओ मेग सुवेदीले स्थान उपलब्ध गराइदिनु भएको हो त्यस कारण पनि सजिलो भएको छ।’
बेल्डग्रेडिङ्गको भिडियो