अमेरिकामा हुने प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा चार सय खेलाडी
मेरील्याण्ड,अमेरिका / बाल्टिमोरमा हुने प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा चार सय खेलाडीले भाग लिने भएका छन्।
एभरेष्ट बर्ल्ड क्लास तेक्वान्दोको तत्वावधानमा “एभरेष्ट तेक्वान्दो केयर फाउन्डेसन” को सहयोगार्थ मे २० तारिकमा प्रतियोगिता हुदै छ।
बाल्टिमोरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका डाइरेक्टर तथा एभरेष्ट वर्ड क्लास तेक्वान्दो स्कुलका संचालक सिनियर मास्टर कुमार कार्कीले तीन सय ७५ जना खेलाडीले दर्ता गरिसकेको जानकारी दिए। उनले खेलाडी दर्ता हुने क्रम जारी नै रहेकाले चार सय भन्दा बढी हुने बताए।
कार्कीका अनुसार मेरील्याण्ड बाहेक अन्य विभिन्न राज्यबाट पनि खेलाडीहरुले प्रतियोगितामा भाग लिने छन्।
एक दिने प्रतियोगितामा गेरुगी तर्फ वर्ल्ड क्लास र ओपन डिभिजनमा प्रतिस्पर्धा हुने छ। यस्तै पुम्से तर्फमा स्पोर्ट पुम्से र ओपन पुम्मेमा खेलाडीले आफ्नो कौशल पस्कने छन्।
प्रतियोगिता मेरिल्याण्ड, बाल्टिमोरमा रहेको केटनभिल्स कम्युनिटी कलेजको हलमा हुने छ। मास्टर कार्कीका अनुसार चार वटा कोर्टमा वर्ल्ड क्लास तर्फका खेलाडीहरुले प्रतिश्पर्धा गर्ने छन। अर्को चार कोर्टमा ओपन डिभिजन तर्फका खेलाडीहरुले प्रतिश्पर्धा गर्ने छन ।
प्रतियोगिता कुशलता पूर्वक संचालन गर्न ३१ सदस्यीय आयोजक टिम गठन गरिएको छ। यस्तै नौ जना अन्तर्राष्ट्रिय सहित ३५ जना निर्णायकहरुले खेल खेलाउने छन्।
प्रतियोगिताका लागि बाल्टिमोरमा रहेका विभिन्न समुदायका साथै मेरील्याण्ड राज्यका डेलिगेड ह्यरि भण्डारीको विषेश सहयोग रहेको सिनियर मास्टर कार्कीले जानकारी दिए।
नेपाली तेक्वान्दो विकासका लागि फाउण्डेशनको स्थापना
सिनियर मास्टर कुमार कार्कीको विशेष पहलमा “एभरेष्ट तेक्वान्दो केयर फाउण्डेसन” नामक गैह्र नाफा मूलक संस्था दर्ता गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
अमेरिकाको मेरील्याण्ड राज्यमा दर्ता भएको फाउण्डेसनको महासचिवमा मास्टर रिचार्ड आईफोला रहेका छन। संरक्षकमा कार्कीका साथै अन्य नेपाली तथा विदेशी तेक्वान्दो मास्टरहरु रहने बताइएको छ।
फाउण्डेशनले आगामी वर्षहरुमा नियमित रुपमा प्रतियोगिता संचालन गर्ने छ। यस्तै नेपालमा तेक्वान्दोको विकास तथा विस्तारकामा पनि काम गर्ने जनाइएको छ। नेपालको विभिन्न पिछडिएका ग्रामिण बस्तिहरुमा स्वास्थ्य र शिक्षाका क्षेत्रमा समेत सहयोग गर्ने लक्ष्य फाउण्डेशनले राखेको छ।
‘आफुले आर्जन गरेको पैसाको केही अंश जन्मभूमिको खेलकुदको विकासमा खर्च गर्न पाउदा छुट्टै आनन्द महशुश हुन्छ।’ पत्रकार सम्मेलनमा मास्टर कार्कीले भने,’आगामी दिनहरुमा नेपालमा तेक्वान्दो खेल, अन्य खेल लगायत विविध क्षेत्रहरुमा “एभरेष्ट तेक्वान्दो केयर फाउण्डेसन” मार्फत सहयोग जारी राख्छौ।’
उनले नेपाल तेक्वान्दो संघसँग समन्वय गरी काम गर्दै आएको र त्यसलाई निरन्तरता दिने बताए। उनले आगामी डिसेम्वरमा चितवनमा संचालन हुने प्रतियोगिताका लागि समेत नेपाल तेक्वान्दो संघसँग समन्वय गरी संचालन गर्ने जानकारी दिए ।
कार्कीले सन् २०१५ देखि बाल्टिमोमा “एभरेष्ट वर्ड क्लास तेक्वान्दो” स्कुल संचालन गर्दै आएका छन । कार्कीका अनुसार स्कुलमा चार देखि ७३ बर्ष सम्मका गरि दुई सय जनाले नियमित तेक्वान्दो प्रशिक्षण लिदै आएका छन्।
कार्कीलाई उनकै पत्नी मास्टर कल्पना कार्की,छोरी मास्टर क्रिषा कार्कीले प्रशिक्षकको रुपमा सहयोग गर्दै आएका छन्।
यस्तै माष्टर दिनेश श्रेष्ठ,मास्टर राजु नगरकोटी, मास्टर लक्ष्मण बहादुर ऐर, मास्टर गोपाल भण्डारी, मास्टर डव्ल्यू, मास्टर आईफोला र मास्टर यान कुमारी चौलागाईले पनि प्रशिक्षण दिदै आएको कार्कीको भनाई छ।
कार्कीले अमेरिकाको पेन्सिलभेनिया लगायत अन्य राज्यहरुमा समेत तेक्वान्दो स्कुल संचालनका लागि अन्य नेपाली तथा विदेशी तेक्वान्दो कर्मीहरुलाई साथ, सहयोग एवं विविध प्राविधिक कुराहरुको प्रशिक्षण दिदै आएको जनाए।
प्रतियोगिता मूल आयोजक समिति
प्रतियोगिता प्रमुख : सिनयर ग्राण्डमास्टर एच. के. ली
प्रतियोगिता कोअर्डिनेटर : मोहन थापा
मिडिया कोअर्डिनेटर : श्रृजन ताम्राकार
- मास्टर कुमार कार्की (ट्रुनामेन्ट डाईरेक्टर)
- माष्टर दिनेश श्रेष्ठ (रेफ्री को चेयर)
- मास्टर राजु क्षेत्री
- मास्टर कृष्ण वलाल
- मास्टर रिचार्ड आईफोला
- मास्टर राजु नगरकोटी
- मास्टर कल्पना कार्की
- मास्टर लक्ष्मण बहादुर ऐर
- मास्टर कृष्ण मुरारी खड्का
- मास्टर यान कुमारी चौलागाई
- मास्टर विकास घले गुरुङ
- मास्टर गोपाल भण्डारी
- मास्टर संजिव नेपाली
- मास्टर डव्ल्यू
- मास्टर नकुल शर्मा
- मास्टर कौशिला खनाल
- मास्टर क्रिषा कार्की
- मास्टर पूर्ण आचार्य
- मास्टर मेलविन मोर्टे
- इन्स्ट्रक्टर डेक दर्जी
- इन्स्ट्रक्टर कल्पना क्षेत्री
- इन्स्ट्रक्टर प्रकाश ढुंगाना
- इन्स्ट्रक्टर विनिता पुरी राई
- इन्स्ट्रक्टर सोम आचार्य
- इन्स्ट्रक्टर ममिता सुवेदी
- इन्स्ट्रक्टर आर बी खड्का
- इन्स्ट्रक्टर पुनम दुलाल
- इन्स्ट्रक्टर सुमी परियार
- इन्स्ट्रक्टर अर्पण पूरी
- इन्स्ट्रक्टर तारा रायमाझी
- इन्स्ट्रक्टर रंगिला रोक्का
प्रतियोगितालाई निम्न संस्थाहरुले सहयोगात्मक भूमिका निभाएका छन ।
- मेरिल्याण्ड तेक्वान्दो संघ
- एन आर एन ए मेरिल्याण्ड च्याप्टर
- बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)
- साथी बाल्टिमोर
- एच के ली तेक्वान्दो एकेडेमी (भर्जिनिया)
- हिमालयन तेक्वान्दो (पेन्सिलभेनिया/केन्टकी)
- सनसाइन तेक्वान्दो (ओहायो)
- ग्लोवल तेक्वान्दो (पेन्सिलभेनिया)
- युनाइटेड एभरेष्ट तेक्वान्दो (पेन्सिलभेनिया)
- इगल तेक्वान्दो एकेडेमी (न्यूयोर्क)
- जुन लि तेक्वान्दो एकेडेमी (भर्जिनिया)
- नाम्लो अन एयर
- समाज टाइम्स
- ई नेप्लिज
- सन्देश टुडे
- नेप्लिज डाइसपोरा
- डि सि नेपाल