रास्वपाले सरकारलाई दिएको समर्थन लियो फिर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएकोमा आजको बैठकले प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ ।
बैठक पछि सभापति रविले अव आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षमा बस्ने जानकारी दिए ।
हालै सम्पन्न उपनिर्वाचनबाट पनि आफ्नो पार्टीलाई प्रतिपक्षीमा बस्ने म्याण्डेड दिएको उनले बताए । लामिछानेले मुलुकमा राजनीतिक अस्थीरता उत्पन्न गर्ने खेलमा नलाग्ने तर परिस्थीतिको मूल्याङ्कन गरेर आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे ।
उहाले सरकारमा सहभागी हुँदा बनाइएको साझा कार्यक्रम पनि कार्यान्वयन हुन नसकेको बताए । उनले एमालेबाट आफुलाई प्रधानमन्त्री बन्नको लागि कुनै प्रस्ताव नगरेको स्पष्ट गरे । त्यस्तै लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको बिषयमा आफु सरकारमा हुदा नै जानकारी पाएको र भित्री रुपमा अनुसन्धान अघि बढाएको जानकारी दिए ।

















