एनआरएनएको बीस डलरको चमत्कार
डालस, टेक्सास/एनआरएनएमा अहिले सदस्य बन्ने समय सिमा निकालिएको छ जसरी कुनै नाफा मुलक संस्थामा सेयर निष्कासन गरे जसरी त्यहि पनि आइपीओ भरे जस्तो । यसको मूल्य बीस डलर छ तर यो यस्तो बहुमुल्य बस्तु हो जसलाई लिन निश्चित समय भित्र लिई सक्नु पर्ने हुन्छ । त्यहि पनि त्यो बन्न पनि सक्छ नबन्न पनि सक्छ । प्रकृया र पद्धति सबै नीजि नाफा मुलक कम्पनिको जस्तो गरेर यो संस्था कसरी सामाजिक संस्था भयो ? सदस्यता वितरण तीन महिनाका लागि मात्र खुल्ला गर्नु पर्ने कारण के ?
सामाजिक संस्थाले सामाजिक काम गर्ने हो । एउटा नेपालको सामाजिक तथा अविष्कारको क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको राष्ट्रिय अविष्कार केन्द्र नेपाल संग सुनिल शाह अध्यक्ष भएको बेला (जुन १९,२०२१) मा भएको बीस हजार डलर दिन एमओयु गर्ने निर्णय आज सम्म कार्यन्वय नभएको किन ? एनआरएन एनसीसीको बर्तमान कार्यसमिति, अध्यक्ष बुद्धि सुवेदी, निर्वतमान कार्यसमिति र अध्यक्ष सुनिल शाह सँग यसको स्पष्ट जवाफ छ ?
नेपाल संग साइनो भएको हाम्रो संस्थाले, नेपाली जनताको जीवन सहज बनाउने संस्थालाई दिइने सामाजिक कार्यको पैसा नदिनुको कारण के ? अनि एमओयु गर्ने भनेर निर्णय चै किन गरि टोपलेको ? आज सदस्य बन्न विभिन्न सहरमा गएर गुहार मागि रहदाँ, हो तपाईले बीस डलरले सदस्य बनि रहदाँ त्यहि बीस डलरको केही डलरले हामीले यी बिसौ हजार डलरका काम गरेका छौ भनेर उदाहारण दिन मिल्ने निर्णय चै किन कार्यन्वयनमा आउँदैन ।
आज हाम्रो सदस्यता वापत दिएको पैसाले महाविर पुनले आर्थिक अभावको कारण आन्दोलन गर्नु पर्ने वाध्यता अलि कति भए पनि मलम लगाउन सकिदैन थियो । हाम्रो कर्म सामाजिक बनाउने कि नबनाउने ? कि राजनिति मात्र गर्ने हो ? वा चार, पाँच जना अध्यक्ष बनाउने मै व्यस्त हुने हो ? वा ‘ कलिङ्ग काठमाण्डौ’ मानै रमाउने हो ? अनि सदस्य चै किन बन्नु पर्ने ? जुँगाको लडाँई गर्ने ? भाषण गर्ने ? प्रमुख अतिथि बन्न ? वा तपाईलाई धङधगे भएको नेपाली राजनीति गर्ने ? उत्तर छ ?
अब जो नेतृत्वमा आउँछु भनेर ‘एनआरएनए’ अभियान भनेर फेसबुक रङ्गिन बनाउँने ले उत्ततर दिन सक्ने कि नसक्ने ? सामाजिक काम बाट हाम्रो समाजलाई जोड्ने कि अर्को ‘कलिङ्ग काठमाण्डौं लाई निम्ता गर्ने हो ? युवा पुस्ता जो समाजसेवि बन्न चाहान्छ, फराकिलो दायराबाट उसले समाजमा हेर्ने चाहान्छ, त्यो बर्ग, र तप्कालाई हामीले हाम्रो कर्म बाट जोड्न सक्ने कि नसक्ने ? सदस्य बन्न कारण सहित युवा बर्गलाई आकर्षित गर्ने कि एउटा सिमित बर्ग जो व्यापारिक बर्ग भित्र मात्रै हाम्रो संस्था खुम्चिाई रहने ? अब आउने नेतृत्व सँग त्यो गर्ने फराकिलो मन छ ?
हामीले आज अठार प्याक वियरको मुल्य खर्च गरेर बनेको सदस्यताले हाम्रो जीवन सामाजिक बनाउँन सहयोग पुऱ्याउने कि नपुऱ्याउने ? हामीले बीस डलर तिरेर बनेको संस्थाको कार्यक्रममा हाम्रा बच्चा लिएर सँगै गएर ट्रयास संङ्कलन गरेको देखेर हाम्रो बच्चा भोली अमेरिकि समाजमा एउटा राम्रो समाजसेवि भयो भने?
राजनीतिज्ञ भयो भने वा म सदस्य भएको संस्थाको काम उदाहरण देखाएर भोलि हाम्रा बच्चाहरुलाई समाजिक काम गर्ने प्रेरणा दिन सकियो भने त्यो आजको बीस डलरको उत्पादन भनेर भन्न सक्ने कि नसक्ने ? बनाउँने कि नबनाउँने ? बीस डलर खर्च गरेर, घरमा बसेर अठार प्याक वियर खाएको देख्ने हाम्रो एउटा बच्चा र त्यही बीस डलर खर्चेर बनेको संस्थामा एउटा सामाजिक काम गरेको देखेको बच्चामा भिन्नता देखाउन सकिन्छ होला नि ? सम्झौ त ।
हाम्रो समाज अमेरिकामा ‘खच्चड समाज’ भएको छ । न नेपाली संघ संस्थालाई हामीले न्याय संगत तरिकाले चलाएर हाम्रा सन्ततीका लागि प्रेरणाको स्रोत बनाउँन सकेका छौ न हामी सामाजिक संस्थामा बसेर काम गरेर आफै सन्तानका लागि प्रेरणाको स्रोत बनेका छौ । न हाम्रो समाज अमेरिकी संघ संस्था तथा समाज सँग घुलमिल हुन सकेका छौ र त्यसबाट इन्फियुन्स गर्ने सकेका छौ । अनि के हाम्रो पुस्तालाई समाजसेबी, राजनितिज्ञ नबनाउने हो ? हो भने कसरि उत्प्रेरणा जगाउने हो ?
हामि सँग अरु केहि राम्रो नभए पनि एउटा संस्था चै जिवित छ जसलाई प्रयोग गरेर, सदस्य भएर, हामि युवा बर्ग आफै लागि परेर, त्यो संस्थाको प्याटफर्म प्रयोग गरेर, अमेरिकी समाजमा भोलि हजारौ समाजसेवि उत्पादन गर्ने सकिदैन र ? त्यो त्यहि बीस डलरको कमाल हो भन्ने गर्विलो इतिहास बनाउन किन नसक्ने ।
तसर्थ, आजको एनआरएनए एनसीसीको बीस डलरको सदस्यताले, भोलि तपाईलाई न्यूयोर्केमा गएर पाखुरा बर्जार्ने पनि बनाउँछ । राष्ट्रिय अविष्कार केन्द्र नेपाल जस्ता संस्था सँग जोडिएर नेपालमा सामाजिक कार्य गर्ने, गराउन सक्छ ।बीस डलरको आइपीओ ( सदस्यता ) भोलि हजारौ डलरको पनि बन्न सक्छ । त्यहि बीस डलरको सदस्य भएर संस्था मार्फत सकारात्मक काम गरेको देखेर तपाइको बच्चा भोलि नाम कहलिएको समाजसेवी, अमेरिकी राजनीतिज्ञ पनि बन्न सक्छ । भिजन भएका, नयाँ सोच, विचार भएका युवा बर्ग जोडिएर यो संस्था एउटा नमुना संस्था बन्न पनि सक्छ । तर यसको प्रयोग र उपयोगिता कसरि गर्ने भन्ने चै आ – आफ्नै तरिका र कार्य क्षेत्र बन्न सक्छ ।
र यो पनि…