एनआरएनए अमेरिकाज क्षेत्रिय सम्मेलन मे अन्तिम साता क्यानडा
पेन्सिलभेनिया,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएनए) विनोद कुँवर नेतृत्वको अमेरिकाज क्षेत्रीय सम्मेलन क्यानडाको टोरन्टोमा हुने भएको छ।
अमेरिकाज क्षेत्रीय संयोजक (आरसी) तथा कन्भेनर कृष्ण पोखरेलका अनुसार सम्मेलन मे २७ र २८,२०२३ मा क्यानाडाको, टारोन्टो शहरमा हुने छ।
आयोजक समितिको आइतवार जुम मार्फत आयोजति पत्रकार सम्मेलनमा आरसी पोखरेलले सम्मेलनले नेपालको आर्थिक बिकास र सामाजिक सम्बृद्विमा गैर आवासीय नेपाली संघको भुमिका भन्ने मूल बिषयबस्तमा छलफल हुने बताए।
‘गैर आवासीय नेपालीहरुको हित र सरोकारहरु संग सम्बन्धित अन्य महत्वपुर्ण सवालहरुमा छलफल गर्दै सम्रग नेपालको बिकास र सामाजिक सम्बृद्धिमा उनीहरुको योगदानलाई प्रबद्र्धन गर्न एनआरएनको भूमिकालाई थप शसक्त र प्रभावकारी बनाउने उदेश्य राखेको छ।’ उनले भने।
गैर आवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय परिषद, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरीका र ग्लोबल गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद,क्यानाडाको सयुक्त आयोजनामा सम्मेलन हुन लागेको जनाइएको छ।
पत्रकार सम्मेलनमा क्षेत्रिय सम्मेलनकी को कन्भेनर तथा आर्थिक समितिकी संयोजक रश्मी थापाले कार्यक्रमका लागि आर्थिकका कारण कुनै कठिनाई नहुने बताइन।
यस्तै ग्लोबल गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद,क्यानाडा सभापति अञ्जनीराज भट्टराई, एनआरएनए एनसीसी क्यानडा अध्यक्ष कुन्दन घिमिरे र अमेरिकाका अध्यक्ष सुर्य लम्शालले पनि सम्मेलनको तयारीका बारेमा जानकारी गराएका थिए।
‘सम्मेलनमा गैर आवासीय नेपाली संघ सँग सम्बन्धित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषदहरुका बर्तमान तथा पूर्व पदाधिकारीहरु, सदस्य र सल्लाहाकारहरु तथा गैर आवासीय नेपालीहरुको अभियानसँग आबद्ध हुनु भएका बिभिन्न पेशाकर्मीहरु, व्यवसायीहरु, बिषय बिज्ञहरु तथा सामाजिक अभियन्ताहरुको सहभागिता रहने छ।’ पत्रकार सम्मेलनमा उपलब्ध विज्ञप्तिमा भनिएको छ।
सम्मेलनले सहभागीहरुलाई आफना अनुभव, बिचार तथा पहलहरुलाई राख्ने साझा मञ्च प्रदान गर्दै नेपाल र गैर आवासीय नेपालीहरु बिचको सामाजिक, आर्थिक तथा सास्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुराउने अपेक्षा राखिएको छ।
नेपालको उर्जा संकट सामाधानका लागि ग्रीन हाइडोजन उत्पादन तथा खपतः लगानीका अवसर र संभावनाहरु, नेपालको आर्थिक तथा सामाजिक बिकासमा गैर आवासीय नेपालीहरुमा रहेको ज्ञान,सीप, पुजी तथा प्रबिधिको हस्तान्तरणका बारेमा सम्मेलनमा छलफल हुने छ।
यस्तै गैर आवासीय नेपालीहरुको लागि दोहारो नागरीकता कानूनको आवश्यकता र अबिलम्ब कार्यन्वयनका लागि नेपाल सरकारको दायित्व, गैर आवासीय नेपाली संघको संगठनात्मक बिकास र आगामी रणनीती तथा समतामूल र सामाजिकन्यायपुर्ण समाजका लागि गैर आवासीय नेपालीहरुले खेल्नु पर्ने भुमिका सवालहरुमा अर्थपुर्ण छलफल र बहसमा सम्मेलन केन्द्रित हुने भनिएको छ।
‘यस सम्मेलनले विश्व भरी स्थापित र कार्यरत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुलाई प्रभावकारीरुपमा कार्य गर्नकालागि मार्ग दर्शन तथा कार्य दिशा प्रदान गर्नेछ तथा विश्वभरी छरिएर रहेका करिब असी लाख गैर आवासीय नेपालीहरुलाई एकताको सूत्रमा बाध्न महत्वपूर्ण सन्देशमा प्रवाह गर्ने विश्वास लिएका छौ।’ विज्ञप्तिमा भनिएको छ।
सम्मेलनमा करिब ४० देशहरुबाट सहभागीता रहने जनाइएको छ। एनआरएनएका पूर्व अध्यक्ष शेष घले पनि सम्मेलनमा उपस्थित हुने जनाइएको छ।