फ्लाई दुबई गन्तव्यतर्फ, आगोको कारण चरा ठोकिनु
पेन्सिलभेनिया,अमेरिका । काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको विमान निर्धारित गन्तव्य तर्फ लागेको छ।
एक सय ६७ काठमाडौंको स्थानीय समय अनुसार राति नौ बजेर २१ मिटेनमा उडेको फ्लाई दुबईको विमानमा ठूलो आवाज सहित आगो देखिएको थियो।
शुरुमा विमानको एउटा इन्जिनमा समस्या आएको भनिएको थियो। काठमाडौं विमानस्थलले पनि आकस्मिक अवतरणका लागि आफूलाई तयारी अवस्थामा राखेको थियो। तर पाइलटले उडानलाई निरन्तरता दिएका थिए।
चरा ठोकिएर विमानमा लागेको आधिकारिक सुचना आएको छ । कम्पनीका प्रवक्ताले विमान उडेपछि चरा ठोक्किएको बताएका छन् । जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएको छ। विमान निर्धारित समयमा नै दुबईमा अवतरण हुने उनले जानकारी दिएका छन्।
फ्लाइ दुबईले काठमाडौंबाट दुबई उडेको जहाजमा चरा ठोक्किएको उल्लेख गरेको छ। दुबई मिडिया अफिसले फ्लाइ दुबई प्रबक्तालाई उधृत गर्दै यस्तो लेखेको छ। केही प्रक्रिया पुरा गरेर जहाज सुरक्षित रूपमा दुबईको स्थानीय समय अनुसार ००:१४ मा अवतरण हुने दुबई मिडियाले उल्लेख गरेको छ।
र यो पनि…
काठमाडौंबाट उडेको फ्लाई दुबई विमानको आगो निभ्यो