टकर कार्लसन फक्स न्युजबाट बिदा
टेक्सास/ फक्स न्युजको साँझ ८ बजेको प्राइम टाइम टेलिभिजन प्रस्तोता टकर कार्लसन फक्स न्युजबाट बिदा भएका छन्।
फक्स न्युजले डोमिनिएन भोटिंग सिस्टमसँग सात सय सतासी मिलियन डलरको सम्झौता गरी मुद्धामा मिलेमतो गरेको करिव एक हप्ता पछि टकर कार्लसनले फक्स छोडेका छन्।
सन् २०२० को चुनावमा धाँधली भएको भन्ने झुटको प्रचार गर्ने मध्य फक्स न्युजमा टकर कार्लसन मुख्य थिए।
टकर कार्लसनको यो बहिर्गमनले फक्स न्युजमा भूइंचालो गएको छ भने यसले फक्स न्युजलाई जनताप्रति जबाफदेही हुने यात्राको शुरुवात समेत भनेका छन्।
करोडौं श्रोता भएको मिडिया कम्पनीले षड्यन्त्रका कुराहरु पस्केर आधारभूत कुराहरुमा पनि मतान्तर हुने सामग्री टकर कार्लसनले समाज झन् झन् विभाजित गर्ने गरेका थिए।
कोभिड-१९ र खोपबारे भ्रम छर्ने, निर्बाचनको परिणाममा शंका पैदा गर्ने, सांस्कृतिक मुद्धाहरुमा समाज विभाजित गर्ने काम गर्दै आएका टकर कार्लसन अब के गर्लान हेर्न भने बाँकी नै छ।
अचानक यो शो किन बन्द गरियो भन्ने अनुमानहरु भैरहेका छन् भने फक्स न्युजले बिज्ञप्तिमा कार्लसन र नेटवर्कको लामो समयको सहकार्य स्मरण गर्दै उनलाई धन्यवाद दिएको छ।
“टकर कार्लसन टुनाइट” का प्रस्तोता कार्लसनको यो शो २०१६ बाट शुरु भएको थियो भने उनी त्यस अघि “फक्स एंड फ्रेन्ड्स” को विकेण्ड कार्यक्रमसँग आबद्ध थिए। अब यो शो अर्को स्थायी व्यक्तिको चयन नहुन्जेल बिभिन्न व्यक्तिहरुले चलाउनेछन।
त्यस्तै सीएनएनका निकै लोकप्रिय प्रस्तोता डन लेमोनले पनि नेटवर्क छोड्ने भएका छन्।