पाकिस्तानी धार्मिक मन्त्रीकाे दुर्घटनामा निधन
इस्लामावाद । पाकिस्तानका धार्मिक मामिला मन्त्री तथा जमियत उलेमा-ए-इस्लाम (फजल) नेता मुफ्ती अब्दुल शकूरको इस्लामाबादको रेड जोन क्षेत्रमा सडक दुर्घटनामा मृत्यु भएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
प्रहरीका अनुसार मन्त्री (५५) शनिबार साँझ एभिन्यू रोडस्थित सचिवालय चोकतर्फ जाँदै गर्दा उनको गाडीले पाँच जना सवार गाडीलाई ठक्कर दिएको हो । दुर्घटनापछि गम्भीर अवस्थामा पोलिक्लिनिक अस्पतालमा भर्ना भएका मन्त्रीको मृत्यु भएको हो ।
अन्य गाडीमा सवार पाँचै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि प्रहरी चौकीमा अनुसन्धान भइरहेको छ । यस्तै, दुर्घटनाको समयमा मन्त्री अब्दुल शकुर आफैं कार चलाउँदै आएको डनको समाचारमा उल्लेख छ । पोष्टमार्टमपछि उनको शव आफन्तलाई बुझाइएको छ ।