ट्रम्पले भने ‘म पक्राउ पर्न सक्छु मंगलबार विरोध प्रदर्शनमा आउनु’
अमेरिका । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले छिट्टै जेलमा जान सक्ने बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल यो दाबी गरेका हुन् । ट्रम्पले म्यानहट्टन जिल्ला वकिलको कार्यालयले ल्याएको मुद्दामा मङ्गलबार गिरफ्तार हुने अपेक्षा गरे र आफ्ना समर्थकहरूलाई उनको गिरफ्तारीको विरोध गर्न आह्वान गरेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयका प्रवक्ताले यस विषयमा बोल्न मानेनन् । डोनाल्ड ट्रम्पले भने कि म्यानहट्टन जिल्ला अधिवक्ताको कार्यालयले उनलाई हश मनी मुद्दामा चार्ज गर्न लागेको छ। यद्यपी ट्रम्पले यस सम्बन्धमा कुनै प्रमाण देखाएको छैन र के आरोप लाग्ने भन्ने पनि बताएको छैन ।
यो मुद्दा पोर्न स्टार डेनियलसँग सम्बन्धित छ, जसको वास्तविक नाम स्टेफनी क्लिफर्ड हो, जसले ट्रम्पसँग एक दशकअघि अफेयर भएको बताउँछिन्। तर, ट्रम्पले यो सम्बन्धलाई अस्वीकार गर्दै आएका छन् । ट्रम्प २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए र उनले २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा व्हाइट हाउसमा फर्कने प्रयास गर्ने बताएका छन्।
गत वर्ष कागजातहरूले खुलासा गरे कि ट्रम्प र उनका पूर्व शीर्ष सहयोगी होप हिक्सले २०१६ को राष्ट्रपति चुनावको अभियानमा पोर्न स्टार स्टोर्मी डेनियललाई उनको मुख बन्द राख्न ठूलो रकम तिर्न प्रत्यक्ष रूपमा संलग्न थिए। यसपछि ट्रम्पका पूर्व वकिल माइकल कोहेनले गत वर्ष अगस्टमा आफ्नो अपराध स्वीकार गर्दै ट्रम्पको आदेशमा स्टर्मीलाई पैसा दिएको बताएका थिए । तर त्यसमा ट्रम्पको प्रत्यक्ष भूमिका थियो वा थिएन भन्ने स्पष्ट भएको छैन।
कागजातका अनुसार अक्टोबर २०१६ मा स्टर्मीलाई १.३० लाख डलर भुक्तानी गरिएको थियो । कोहेनले स्टर्मीलाई पैसा दिनुअघि ट्रम्पसँग फोनमा दुई पटक कुरा गरेका थिए। स्टर्मीले यसअघि सन् २००६ मा ट्रम्पसँग घनिष्ट सम्बन्ध रहेको दाबी गरिन् ।