एनआरएनए अमेरिका : बैठक बोलाउने विषयमा कार्यवहाक अध्यक्ष र महासचिव बीच ‘जुहारी’
पेन्सिलभेनिया,अमेरिका / गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको बैठक बोलाउने विषयलाई लिएर कार्यवहाक अध्यक्ष कृष्ण जिवि पन्थ र महासचिव अञ्जल चौलागाई विच जुहारी भएको छ।
एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सुवेदी अहिले नेपालमा छन्। मार्च ६ तारिकमा नेपाल जानु अघि सुवेदीले बरिष्ठ उपाध्यक्ष कृष्ण जिवि पन्थलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका थिए।
कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएको दश दिन पछि मार्च १६ तारिकमा पन्थले कार्यसमितिको बैठक बोलाउन भन्दै महासिचव चौलागाईलाई पत्र लेखेका थिए।
पन्थले क्यालिफोर्नियामा भएको युवा सम्मेलन र नारी दिवसका अवसरमा न्यूह्मसारमा आयोजित कार्यक्रमलाई धन्यवाद दिन र सदस्यता वितरण सम्बन्धमा छलफल गर्न बैठक बोलाउन भनेका थिए।
कार्यवहाक अध्यक्ष पन्थले पटक पटकको मौखिक तथा लिखित निर्देशन दिंदा पनि बैठकको प्रकृया अगाडि नबढाएकोमा घोर भत्सर्ना गरेको समेत पत्रमा उल्लेख गरेका छन्।
कार्यवहाक अध्यक्ष पन्थले महासचिवलाई लेखेको पहिलो पत्र
तर महासचिव चौलागाईले तत्काल बैठक बोलाउन आवाश्यकता नदेखिएको भन्दै जवाफ फर्काएका थिए। उनले युवा सम्मेलन र नारी दिवस कार्यक्रम सम्पन्न भएकोमा धन्यवाद दिन बैठक बोलाउन आवश्यक नदेखिएको जवाफी पत्रमा उल्लेख गरेका छन्।
यस्तै सदस्यता विरतरणको काम उपाध्यक्ष दिलु पराजुलीको संयोजकत्वमा गठित समितिले गरिरहेको पनि महासचिवले पत्रमा भनेका छन्।
महासचिव चौलागाईको पहिलो पत्र
महासचिवको जवाफि पत्र पछि रुष्ट बनेका कार्यवहाक अध्यक्ष पन्थले शुक्रवार साँझ आफु पक्षिय पदाधिकारी तथा च्याप्टर सभापतिहरुको अनऔपचारिक बैठक बोलाएका थिए।
बैठकमा उपाध्यक्ष बिकास उप्रेति, गोपेन्द्र भट्टराई, दिक्षा बस्नेत, सचिव सुनिता कडेल, केही बोर्डअफ डाइरेक्टर, तथा १२ जना च्पाप्टर सभापति सहभागि भएको बताइएको छ।
सहभागि एक सदस्यका अनुसार महासचिवले कार्यवहाक अध्यक्षको अपमान गरेको बैठकले निष्कर्ष निकालेको छ। २४ घण्टा भित्र बैठक बोलाउन महासचिवलाई अर्को पत्र लेख्ने र त्यो पनि अटेर गरेमा कसरी अगाडि बढ्ने भन्नेबारेमा पनि उनीहरु बीचमा छलफल भएको बताइएको छ।
सो बैठक पछि कार्यवहाक अध्यक्ष पन्थले महासचिवलाई दुई दिनमा दोस्रो पत्र लेखका छन्। उनले २४ घण्टाको अल्टिमेटम दिदै पत्र लेखेका हुन्।
कार्यवहाक अध्यक्ष पन्थले महासचिवलाई दोस्रो पटक लेखेको पत्र
कार्यवहाक अध्यक्ष पन्थको २४ घण्टे अल्टिमेटम पछि पनि महासचिव चौलागाईले शनिवार बिहान कार्यसमितिका सदस्यलाई पत्र पठाउदै मार्च ३० तारिकका लागि बैठक बोलाएका छन्।
महाचिवको दोस्रो पत्र
महासचिव चौलागाईले विवाद नबढाउनका लागि आफुले बैठक बोलाएको समाज टाइम्सलाई बताए । ‘नियमित बैठक अप्रिल १५ तारिक भर्जिनियामा रहेको कार्यलयमा भौतिक रुपमा बस्ने यस अगाडि नै निर्णय भएको र त्यो अगाडि बैठक नै बस्नु पर्ने एजेण्डा आफुले नदेखेको तर साथीहरु बीचमा समस्या नआओस भन्नका लागि आफुले बैठक बोलाएको उनले बताए।
उनले पन्थको २४ घण्टे अल्टिमेटमबारे आफुलाई थाहा नभएको बताए।
‘हामी अब कार्यकालको अन्त तीर छौ, यसै पनि संस्थामा विवाद छ, अब कति झगडा गर्नु, केही साथीहरुलाई दस्तावेज गर्ने रहर होला त्यही भएर बैठक बोलाए।’ उनले भने।
अर्को परिस्थिति नभए अध्यक्ष सुवेदी मार्च २९ तारिक अमेरिका फर्कने बताइएको छ। तर महासचिव चौलागाइले त्यसबारे भने आफुलाई जानकारी नभएको बताए। ‘अध्यक्ष फर्कने बारेम मलाई थाहा छैन्, अलिक समय नै नेपाल बस्ने कार्यक्रम रहेको मैले सुनेको छु।’