सर्वोच्चमा परेको मुद्दा हामीलाई तर्साउनका लागि मात्र हो : महरा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले पार्टी अध्यक्ष प्रचण्ड विरुद्ध सर्वोच्चमा परेको मुद्दा तर्साउने उद्देश्यले मात्रै दायर भएको टिप्पणी गरेका छन् ।
शुक्रबार गोकर्णेश्वरमा आयोजित जनसंगठन तथा जनसम्बन्ध सुदृढीकरण अभियान उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अध्यक्ष प्रचण्डमाथि दायर मुद्दा तर्साउन मात्र भएको बताए ।
उनले भने ‘म के मात्र भन्न चाहान्छु भने यो मुद्दा हामीलाई तर्साउन उद्देश्य हो लडाउने होईन । ’
अध्यक्षमाथि दायर मुद्दा लड्नको लागि राजनीतिक र कानून दुवैतर्फबाट तयारी राम्रो भइरहेको उनले बताए । उनले भने, दुई वटा तयारी छ यसमा राजनीतिक तयारी राम्रै छ । कानूनी रुपमा पनि हाम्रो कानूनको एउटा समूह नै लागेको छ । प्रति उत्तर गर्ने, जवाफ दिन’।
उनले जनयुद्धसँगै लडेकाहरु नै अहिले १० टुक्रा भएका भन्दै टुक्रेका १० टुक्रालाई एकै स्थान ल्याउनु पर्ने बताए ।
उनले पार्टीको नराम्रो पक्ष भनेको कार्यकर्ताहरु जनतामा जान नखोज्ने र पार्टीमा गुटबन्धि धेरै भएको टिप्पणी गरेका छन् ।