देशमा समानुपातिक प्रतिनिधित्व जरुरी छ : सांसद राणा
ललितपुर । प्रतिनिधि सभा सदस्य उदय शम्शेर राणाले निर्वाचन प्रणालीमा सुधार ल्याउनु पर्ने भन्दै देशमा समानुपातिक प्रतिनिधित्व अत्यन्त जरुरी भएको बताएका छन् ।
शनिवार गोदावरी नगरपालिकाको सातौ स्थापना दिवस कार्यक्रममा बोल्दै उनले देशमा समानुपातिक प्रतिनिधित्व अत्यन्त जरुरी रहेको बताएका हुन् ।
गोदावरी नगरपालिकाको आजको दिनसम्मको आवश्यकता भनेको व्यवस्थित बाटो भएको पनि उनको भनाई छ ।
“बाटो बनाउन महङ्गगो पनि हुने हुनाले सिमित वजेट भएको हुनाले जति गर्न सक्थ्यौ त्यति गर्न नसकेको हो । गोदावरी नगरपालीकामा महानगरपालीकाबाट जोडीने तीन ओटा बाटो छ । एउटा सातदोवाटो, सुनाकोठि, थेचो, चापागाँउ हुदै मकवानपुरसम्म कान्ती लोक पथ भएर जाने बाटो सायद यो क्षेत्रको निम्ति सबैभन्दा महत्वपुर्ण बाटो हो त्यसकारण यस बाटोलाई फराकिलो बनाउन हामीहरु सबै लाग्न जरुरी छ ।”