जसपाले रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने
काठमाडौं । सत्तारुढ नयाँ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी जसपाले संसदीय दलका नेता रामसहाय यादवलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने भएको छ ।
चैत ३ गते हुने उक्त निर्वाचनका लागि यादव उम्मेदवार बन्ने पक्का भएको छ ।
सत्तारुढ नयाँ गठबन्धनमा राष्ट्रपति नेपाली कांग्रेसले पाउँदा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । सोही सहमति अनुसार बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्तामनिस सुमनले जानकारी दिए ।
उनले भने ‘जसपाको संसदीय दलको नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको छ ।’
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमतिभएको थियो । रामसहाय उपराष्ट्रपति बन्दा उनको ठाउँमा हुने उप निर्वाचनमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने पनि बुझिएको छ ।
राष्ट्रपति पदको चुनाव भने बिहीवार सम्पन्न भएको छ ।
जसमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।