तीन सयले घट्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
प्रतितोला तीन सय रुपैयाँले घटेकेर अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार पाँच सय रुपौयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ ।
त्यस्तैगरी आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ६५ मा आएको महासङ्घले जनाएको छ ।