गणतन्त्रको मर्म र भावना विपरीत क्रियाकलाप गम्भीर : नौ दल
काठमाडौं । सत्तारुढ नौ दीलय गठबन्धनले संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाविपरीत भएका क्रियाकलापतर्फ गम्भीर ध्यानाकर्षण भएको ठहर गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको संयुक्त बैठकले यस्तो ठहर गरेको हो।
बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ,’ ‘संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गर्दछौं ।’
त्यस्तै, संक्रमणकालीन न्यायको व्यवस्थापन गर्न पनि आफूहरु एकजुट रहेको बैठकले निर्णय गरेको छ ।