लोकतन्त्रमा माओवादिलाई अपराधी बनाउने अधिकार छैन : विप्लप
काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधिको रुपमा चित्रण नगर्न चेतावनी दिएका छन् । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उनले माओवादीलाई अपराधी बनाए इतिहास दोहोरिने चेतावनी दिएका छन् ।
उनले भने, ‘माओवादीलाई अपराधीकरण बनाउन खोजियो भने इतिहास दोहोरिन्छ । इतिहास दोहो¥याउन सकिन्छ । यो कुरा सबैले हेक्का राख्नुपर्छ ।’
माओवादी अपराधी भनेरै भास्य निर्माण गर्न खोजिएको भन्दै चन्दले आक्रोशित हुदैँ भने ‘अहिले माओवादीलाई अपराधी बनाउन खोजिँदै छ । बेपत्तालाई अपराधी बनाउन खोजिँदै छ । असम्भव छ । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार छैन । यो लोकतन्त्रमा बनाउन खोजिँदै छ’
माओवादीलाई अपराधी भन्नेलाई ठेगान लगाउने उनको चेतावनी छ ।
‘अहिले यो देश माओवादीले विगार्यो । अझ भाषणै पिच्छे सुनिन्छ । माओवादी लुटेराहरू हुने भन्ने बजारमा सुनिन्छ । प्रचण्ड जी के गर्नुहुन्छ उहाँको कुरा भयो । मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउन तागत छ । यो साँचो कुरा हो’
बाबु बाजेदेखि सम्पत्ति थुपारेर जनसम्पत्ति मुठिठभर मान्छेहरूले मोज मस्ती गरेर नेपाली जनतालाई पैसाको रवाफ दिएको भन्दै चन्दले भने ‘हामी अपराधी होइनौँ । अपराधी भनेर जुन व्याख्या गर्न खोजिँदै छ । यदि ती मान्छे जनयुद्धमा भेटिएको भए त्यहीँ सिद्धिने थिए’
माओवादी युद्धले, नेपालमा धेरैलाई स्वतन्त्र बाँच्न सिकाएको उद्घोष गरे ।
“नेपालमा एउटा नयाँ सपना देखेर हजारौं सहिद हुनु भयो हजारौँलाई विभिन्न यातना सहित हत्या गरियो तर एक जनाले पनि आत्मसपर्मण गरेन हाम्रा दिदी बहिनीहरूलाई कति निर्ममतापूर्वक दमन गरियो । सबैले घटनाको सामना गरे तर कसैले शिर झुकाएनन्। चुलो चौकोमा मात्र सीमित दिदीबहिनीलाई सेनामा भर्ती गर्ने र नेपालमा सुकुम्बासी र कमैयालाई कमान्डर बनाई स्वतन्त्र भएर बाच्न सिकाउने आफूहरूको योगदान गरेको बताए । ”