नेपालको घृणित राजनीतिको परिणाम रास्वपाले भोगिरहेको छ : सांसद पराजुली
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपालको राजनीति घृणित भएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा शनिवार आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको ओखलढुङगा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफुहरुले सोचेको जस्तो राजनीति नभएको र त्यो आज रास्वपाले त्यो प्रत्यक्ष रुपमा भोगिरहेको बताए ।
न्यायलयले न्याय त गर्यो तर साँचै नै न्याय कस्ले पायो त ? जनताले न्याय पाए त ? न्यायलयका थाँतीका थाँती घृणित मुद्दाहरु हुँदा कहिले हेरिएन ती मुद्दालाई फास्ट ट्रयाकमा लगेर कोल्यस गरियो । राजनीति कति घृणित गर्दा रैछन् कति दुषित गर्दा रहेछन् भन्ने कुरा देखिरहेका र भोगिरहेका छौं । तपाई हामीले सोचेको जस्तो राजनीति नहुँदो रहेछ ।
नागरिकताकको विषयमा प्रश्न उठाउँदै सांसद पद खारेज गरिदिएपछि पदबाट राजीनामा दिएका रवि लामिछानेको मुद्दाको विषयमा अदालतले उचित न्याय नगरेको भन्दै नेपालको राजनीति दुषित भएको बताए ।
उनले न्यायलयले थाँतीका थाँती मुद्दाहरु हुँदा कहिले नहेरी त्यसलाई फास्ट ट्रयाकमा लगेर कोल्याप्स गर्ने कार्य गरेको र राजनीति भित्र चलखेल भएको भन्दै त्यसको परिणाम रास्पले भोग्दै गरेको बताए ।