लघुवित्तले १५ प्रतिशत बढी ब्याज लिन नपाउने
काठमाडौं / लघुवित्तका ऋणीहरू मर्कामा पर्न थालेका खबरहरु सार्वजनिक भइरहेका बेला नेपाल राष्ट्र बैंकले नियमनको प्रक्रिया अघि बढाएको छ ।
राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै लघुबित्तबाट कर्जा लिंदा निश्चित ब्याजदर भन्दा माथि लिएको पाइएमो कारबाही गर्ने जनाएको छ । राष्ट्र बैंकले १५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाइने व्यवस्था गरेको हो ।
पछिल्लो समय लघुवित्त वित्तीय संस्थाले ऋणीबाट आफूखुसी ब्याज लिएपछि आफूहरु पीडित भएको गुनासा सार्वजनिक भएका थिए ।
राष्ट्र बैंकले सहकारी संस्था, लघुवित्त र फाइनान्स कम्पनी फरक संस्था भएको पनि सूचनामा उल्लेख गरेको छ ।