ओलीकै कारण देशमा अस्थिरता बढ्यो : माओवादी नेता बिडारी
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले, नेकपा एमाले अध्यक्ष केपी ओलीकै कारण देशमा अस्थिरता बढेको आरोप लगाएका छन् ।
काठमाडौंमा आइतवार आयोजित साक्षात्कारमा उनले ओलीले संसद विघटन गरेकैले देशमा अस्थिरता सुरु भएको आरोप लगाएका हुन् ।
‘प्रतिनिधि सभा विघटन गर्नु यो देशको लागि अभिसाप थियो । प्रतिनिधि सभा विघटन गर्नु प्रतिगामी कदम थियो । अझैपनि त्यसलाई आत्मसाथ नगर्ने अझैपनि त्यसमा प्रायाश्चित नगर्ने ? यस प्रकारको कार्यले गर्दा सरकार बनिसकेपछि धरमर धरमर भईरहेको छ ।’ बिडारीले भने।
ओलीले चाहेर पनि एक्लै सरकारका बनाउन सक्ने अवस्था नभएपछि आफ्नो पार्टीसँग मिलेको बताएका बिडारीले सरकारको जनयुद्व दिवस मनाउने निर्णयबारे एमालेले विरोध गरेकोमा चित्त दुखाए ।
ओलीको आलोचनामा अधिकांस समय खर्चिएका बिडारीले ओलीकै कारण एमालेले चुनावमा पछारिएको टिप्पणी गरे ।
उनले नेपालको संसद्को बनोटअनुसार सहमति र सहकार्यको राजनीति अघि बढाउनुपर्ने बाध्यतालाई प्रचण्डले आत्मसात् गरेको र सोहीअनुसार भूमिका निर्वाह गरेको दाबी गरे ।