माओवादी पदाधिकारी बैठक : राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय लिने अधिकार अध्यक्ष प्रचण्डलाई
काठमाडौं । नेकपा माओवादी केन्द्रले, राष्ट्रपति चुनावबारे अन्तिम निर्णय लिने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
पदाधिकारी सोमबार बसेको बैठकले राष्ट्रपति चुनावबारे अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डलार्ई दिएको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारि दिए ।
उनले भने ‘ हाम्रो स्वार्थ भनेको राष्ट्रिय सहमति हो । यस विषयमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलार्ई बैठकले दिएको छ । ’
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाउने निर्णय भएको पनि जानकारी दिए ।