बैंकले कालो बजारी गरेको व्यवसायीको आरोप
काठमाडौं । नेपालका बैंकहरुले नै कालो बजारी गरिरहेको आरोप व्यवसायीहरुले जनाएका छन् । बैंकले चर्को व्याजदर लिएको भन्दै प्रर्दशनमा उत्रिएका व्यवसायीले चर्को व्याजदर लिनुपनि कालो बजारी हो भनेका छन् ।
नेपाल ढुवानी व्यवसायी महासंघका केन्द्रिय महासचिव अरुण कुमार श्रेष्ठले, कलकारखाना नै बन्द हुने अवस्थामा पुगेको भन्दै यसलाई सुधार्न बैंकले व्याजदर सुधार गर्नुपर्ने बताए ।
उनले बैंकको व्याजदर नघटेसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।
जब सम्म बैंकले चर्को व्याजदर लिन निर्णय फिर्ता हुँदैन् तब सम्म हामी उद्यमी व्यवसायीहरु विश्राम गर्ने छैनौं । यो सबै व्यवसायीको आन्दोलन हो ।’