पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन
काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ ।
भेन्टिलेटरमा उपचाररत ७८ वर्षीय मुर्शरफको आज निधन भएको पाकिस्तानको वक्त न्यूज मिडियाले जनाएको होे ।
पूर्व सैनिक जनरल तथा राष्ट्रपति मुशर्रफ विगत केही समयदेखि क्यान्सर रोगबाट पिडित थिए ।
उनी सन् १९९९ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति रहेका थिए । त्यसअघि उनी सैन्य प्रमुख थिए । उनको कार्यकालमा भारतसँग कारगिल मोर्चामा ठूलो युद्द भएको थियो ।