प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ।
आइतबार साँझ नेपाल आइपुगेकी नुल्यान्ड सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी हुन् । भेटमा उनीहरुबीच दुइ पक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।
३३ वर्षयता अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत नुल्यान्ड, नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्।
नेपालपछि उनले भारत र श्रीलंकाको समेत भ्रमण गर्ने बताइएको छ ।