रवि लामिछानेको दोहोरो पासपोर्ट सम्वन्धी जाहेरी प्रहरीले लिनै मानेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकाका सभापति रवि लामिछानेको दोहोरो पासपोर्ट सम्वन्धी जाहेरी दर्ता गर्न नेपाल प्रहरी र अध्यागमन विभाग दुवैले अस्वीकार गरेका छन्।
अमेरिकी नागरिक हुदाँ हुदै विवरण ढाटेर नेपाली नागरिकको हैसितयमा पासपोर्ट लिएको भन्दै अधिवक्ता युवराज सफल पौडेलले मंगलवार जाहेरी दर्ता गराउन खोजेका थिए।
रविले अवैध नागरिकताका आधारमा राहदानी लिएको भन्दै कारबाहीको भाग पौडेलको जाहेरीमा थियो।
पौडेल जाहेरी दिन अध्यागमन विभाग र काठमाडौं प्रहरी परिसर पुगेका थिए। तर नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले भन्दै दुबै निकायले जाहेरी लिन नमानेको पौडेलको भनाई छ।
रविको नागरिकताको बैधता माथि प्रश्न उठाउदै सर्वोच्चमा मुद्दा दायर गर्ने मध्ये पौडेल एक हुन्।
