विद्दुत प्रवाह अवरुद्द हुँदा पाकिस्तानमा ३ दिन सिनेट बैठक स्थगित
इस्लामावाद । पाकिस्तानको राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि लाखौं मानिस विद्दुत सेवाबाट बञ्चित भएका छन् ।
सोमबार पाकिस्तानको सबैभन्दा ठुलो शहर कराँची सहित विभिन्न शहरमा विद्दुत आपुर्ती बन्द भएको थियो ।
पाकिस्तानमा समय समयमा लोडसेडिङ् हुने गरेको छ । अघिल्लो पटक अक्टुबरमा यस्तै समस्या आइपरेको थियो ।
सोमबार प्रवाहमा समस्या आएपछि पाकिस्तानका विभिन्न शहरका ट्राफिक लाइट निभेका थिए भने फ्यान र बत्ती पनि चलेको थिएन ।
यसरी विद्दुत प्रवाहमा समस्या आएपछि यहाँको सिनेट बैठक पनि ३ दिनको लागि स्थगित गरिएको छ ।