नेपाल टी-२०: प्रहरीले पत्ता लगायो फिक्सिङ्मा संलग्न विदेशीसहित १० अभियुक्त, २ पक्राउ बाँकीको खोजी जारी

काठमाडौं । निकै तनाव र अव्यवस्थाबीच गत महिना सम्पन्न भएको नेपाल टी २० मा म्याच फिक्सिङ्मा ६ विदेशीसहित ४ नेपालीको संलग्नता पुष्टी भएको प्रहरीले दाबी गरेको छ ।
उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार स्पट फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी संलग्न छन् ।
जसमध्ये महबुब आलम र आदिल अन्सारी गरी दुई जना पक्राउ परिसकेका छन् भने अरुको खोजी भइरहेको छ ।
घटनामा संलग्न विदेशीले भने नेपाल छाडिसकेको सीआईबीले बताएको छ ।