सुनको मुल्य फेरी उकालो लाग्यो, तोलाको एक लाख नाघ्यो
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आइतवार छापावाल सुनको मुल्य फेरी उकालो लाग्दै एक लाख एक हजार सात सय रुपैंया पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख एक हजार चार सयमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला तीन सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार दुई सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख नौ सय थियो ।
त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा पाँचले बढेर प्रतितोला एक हजार चार सय पुगेको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
















