‘बाघेता समाज युकेलाई मजबुत बनाउन लाग्छु’ : सुब घले नवनिर्वाचित अध्यक्ष
लण्डन / बाघेता समाज युकेका नवनिर्वाचित अध्यक्ष सुब घलेले समाजलाई मजबुत बनाउनु आफ्नो प्राथमिकता रहने बताएका छन्।
बेलायतको रिडिङमा हालै सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट अध्यक्षमा निर्विरोध निर्वाचित भए पछि घलेले समाज टाइम्स सँगको कुराकानीमा सबैको सल्लाह अनुसार आफु अगाडि बढने पनि प्रस्टाएका हुन्।
‘समाजका बरिष्ठ सल्लाहाकार र सदस्यहरुले मलाई अध्यक्षको कार्यभार सम्हाल्ने जिम्मेवारी दिनु भयो, मैले पनि त्यसलाई सहर्ष स्वीकार गरे,’ घलेले भने, ‘मेरो उदेश्य पनि त्यही हो जसरी हुन्छ हाम्रो बाघेता समाज युकेलाई मजबुत बनाउने, सबैको सल्लाह सुझाव लिएर अगाडि बढ्ने।’
लमजुङ जिल्लाको उत्तरी क्षेत्रमा रहेका साविकका बाहुनडाँडा, घेर्मु र ताघ्रिङ गाँउ बिकास समितिको एकिकृत बिकासका लागि ५० को दशकमा स्थानीय अग्रजले ‘बाघेता समाज’ स्थापना गरेका हुन्।
बाघेता थातथलो भई हाल लण्डनमा बसोबासगर्नेहरुले सन् २०१० मा बाघेता समाज युके स्थापना गरेका हुन्। यो संस्थाले आफ्नो थातथलोमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।
संसारको जुन कुनामा भए पनि आफ्नो गाँउ ठाँउलाई विर्सन नहुने पनि नवनिर्वाचित अध्यक्ष घलेको भनाई छ।
‘हामी रहरले होइन बाध्यताले गर्दा अर्काको देशमा बसेका छौ, हामी संसारमा जुन कुना काप्चामा बसेता पनि आफ्नो गाँउ ठाँउलाई सम्झनै पर्छ।’ घलेले बाघेतामा दुखमा परेकालाई भौतिक पूर्वाधार र आर्थिक समुन्नतीका लागि सहयोग गर्ने बताए।
बाघेता समाजले संचालनमा ल्याएको एम्बुलेन्स खरिद देखि, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठन पाठन तथा विरामीहरुको उपचारमा पनि बाघेता समाज युकेले सहयोग गर्दै आएको छ।
सुब घलेलाई अध्यक्षमा निर्विरोध चयन गरेको अधिवेशनले नौ समिति कार्यसमितिको पनि निर्विरोध चयन गरेको छ। समितिको उपाध्यक्षमा प्रेम गुरुङ र सचिवमा तेज घले रहेका छन्। यस्तै सुरेन्द्र घले कोषाध्यक्ष चयन भएका छन्।
सदस्यमा दिलमाया गुरुङ, रामकली गुरुङ,प्रिती घले,पारस गुरुङ (राजु) र दिपक घले चयन भएका छन्।
कार्यसमितिको चयन गर्नु अगाडि बाघेता समाज युकेका तत्कालिन अध्यक्ष क्याप्टेन देव घलले संस्थापक अध्यक्ष कृष्ण गुरुङ प्रमुख निर्वाचन आयुक्त, सल्लाहकार कृष्ण घले र सल्लाहकार कर्ण गुरुङ सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गर्दै आफ्नो अध्यक्षतामा रहेको कार्यसमिति विगठन भएको घोषणा गरेका थिए।
देव घले समाजको दोस्रो अध्यक्ष हुन् । क्याप्टेन घलेले आफ्नो लामो कार्यकालमा कार्यसमितिमा बसेर र बाहिरबाट पनि सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
बाघेता समाज युकेको नवनिर्वाचित कार्यसमिति
१, अध्यक्ष- सुब घले
२, उपाध्यक्ष- प्रेम गुरुङ
३, सचिव- तेज घले
4, कोषाध्यक्ष- सुरेन्द्र घले
५, सदस्य –दिलमाया गुरुङ
६, सदस्य–रामकली गुरुङ
७) सदस्य – प्रिती घले
८) सदस्य- पारस गुरुङ (राजु)
९) सदस्य- दिपक घले