प्रतिनिधिसभा समानुपातिक : दलहरूले कुन क्लस्टरबाट कति प्रतिनिधित्व गराउनु पर्छ ?
काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरुले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरहरुमा राजनीतिक दलले प्रतिनिधित्व गराउनु पर्ने संख्या निर्धारण गरेको छ । एमालेले ३४ सांसदमध्ये आदिवासी जनजातितर्फ १०, खसआर्यमा ११, थारुमा २, दलित ५, मधेसी ५, मुस्लिममा १ र पिछडिएको क्षेत्रमा १ जना प्रतिनिधित्व गराउनुपर्ने छ ।
त्यसैगरी नेपाली कांग्रेसले ३२ सीटमध्ये आदिवासी जनजातीतर्फ ९, खस आर्यतर्फ १०, थारुमा २, दलित ५, मधेसी ५, मुस्लिम १ र पिछडिएको क्षेत्रमा १ जना प्रतिनिधित्व गराउनुपर्ने छ ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रले प्राप्त गरेको १४ स्थानमा जनजाती आदिवासी ४, खसआर्य ४, थारु १, दलित २, मधेस २, मुस्लिम १ र पिछडिएको क्षेत्रको १ रहेको छ । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको १३ स्थानमा आदिवासी जनजातीतर्फ ३, खसआर्यमा ४, थारु १, दलित २, मधेसी २, मुस्लिम १ र पिछडिएको क्षेत्रमा १ जना रहेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्राप्त गरेको ७ जनामध्ये आदिवासी जनजातीतर्फ न्युनतम २ र अधिकतम ३, खास आर्यमा न्यूनतम २ र अधिकतम ३, थारुमा बढीमा १, मधेसीमा न्युनतम १ देखि बढीमा २, मुस्लिममा बढीमा १ रहेको छ ।
त्यसैगरी जनता समाजवादी पार्टीको ५ जनामा आदिवासी जनजातीमा १ देखि २ जना, खस आर्यमा १ देखि २ जना, दलितमा बढीमा १ जना, मधेशमा बढीमा १, मुस्लिम बढीमा १ रहेको छ । त्यसैगरी जनमत पार्टीले आदिवासी जनजातीमा १ देखि २ जना, खस आर्यमा १, थारुमा बढीमा १, दलितमा बढीमा १ जना पठाउन पाउने छन् ।
समानुपातिकमा १० सिटभन्दा कम पाउने दलहरुका लागि भने फरक व्यवस्था छ ।