लालु यादवको मृगौला प्रत्यारोपण आज, छोरीले दिइन् मृगौला
सिंगापुर । भारतको राष्ट्रिय जनता दल (राजद) का अध्यक्ष लालुप्रसाद यादवको सोमबार मिर्गौला प्रत्यारोपणको शल्यक्रिया हुने भएको छ ।
उनकी छोरी रोहिणी आचार्यले अस्पतालबाट एउटा तस्विर शेयर गर्दै मानिसहरूलाई प्रार्थना गर्न आग्रह गरेकी छिन् ।
लालु यादवको सिङ्गापुरको माउन्ट एलिजाबेथ अस्पतालमा शल्यक्रिया गरिने भएको छ ।
लालु यादवकी छोरी रोहिणी आचार्यले बुवालाई मिर्गौला दान गरेकी छन् ।
गत महिना रोहिणी आचार्य र लालुप्रसाद यादवको मिर्गौला म्याच भएको थियो ।